Category
१. डढूवा रोग
साना खैरो रंगका थोप्लाहरू पातमा देखिन्छन । पछि ती थोप्लाहरू बढ़छन र एकआपसमा जोड़ीई पात सुकेको वा डढेको जस्तो देखिन्छ ।
ब्यबस्थापन प्रणालिहरू:
- भाइटाभेक्स २००, दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
- पोटास मल प्रयोग गर्ने ठीक समयमा गहुँ छर्ने
- रोग अवरोधक जातहरु लगाउने
२. खैरो सिन्दुरे
पातको माथिल्लो सतहमा सुन्तला रंगका फोकाहरू देखिन थाल्छ्न । ती फोकाहरू छुट्टाछुट्टै रहेका हुन्छन् ।
ब्यबस्थापन प्रणालिहरू:
- रोग अवरोधक जातहरू लगाउने
- सिफारिस गरिए अनुसार मलखाद्को प्रयोग गर्ने र ठीक समयमा गहुँ छर्ने
- भाइटाभेक्स २००, दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
३. पहेलो सिन्दुरे
पातको माथिल्लो सतहमा पहेला लाम्चिला फोकाहरू एक अर्कासंग मिली धर्सा परेर रहेका हुन्छन् ।
ब्यबस्थापन प्रणालिहरू:
- रोग अवरोधक जातहरु जस्तै डब्लू. के,१२०४ लगाउने
- ठीक समयमा गहुँ छर्ने
- सिफारिस गरिए अनुसार मलखाद्को प्रयोग गर्ने
४. कालोपोके
बालामा दाना लाग्नुको साटो कालो ढुसीको बिजाणुले भरिएको हुन्छ
ब्यबस्थापन प्रणालिहरू:
- रोगमुक्त बिउहरुको प्रयोग गर्ने
- भाइटाभेक्स २००, दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
- रोग लागेको बालाबाट धुलो नझर्दै उखेलेर खाल्डोमा गाड़ने अथवा जलाई दिने
- अन्नपूर्ण ४ जातको गहुँमा यो रोग कम लाग्ने हुदा यो जात नलगाउने