१. मकैको पातमा लाग्ने डढूवा:
पातमा ठूला लाम्चिला आखा आकारका खैरा दागहरू देखा पर्छ्न । पछि ती थोप्लाहरू एक आपसमा जोड़ीई पात सुकाइदिन्छन ।
ब्यबस्थापन प्रणालिहरू:
- स्वस्थ बिऊ प्रयोग गर्ने
- बेभिस्टिन दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
२. घोगा कुहिने रोग
घोगाको टुपोबाट रातो वा गुलाफी भई कुहिन थाल्छ । कुनै बेला घोगाको फेदबाट पनी कुहिने गर्दछ । रोग लागेका दानाहरू कपास जस्तो सेतो ढुसी देखा पर्छन ।
ब्यबस्थापन प्रणालिहरू:
- रोग अवरोधक जातहरु जस्तै गणेश -२ , मनकामना -१ लगाउने
- बेभिस्टिन दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
- स्वस्थ बिऊ प्रयोग गर्ने
३. मकैको कालो पोके
घोगामा दानाको सट्टा कालो जीवाणुको धुलोले भरिएको हुन्छ । यो रोग खासगरी Ustilago maydis भन्ने जीवाणुद्वारा हुन्छ । यो जीवाणुले डाठ, पात , घोगा , तथा धान सबैमा आक्रमण गर्दछ ।
ब्यबस्थापन प्रणालिहरू:
- स्वस्थ बिऊ प्रयोग गर्ने
- बेभिस्टिन दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
- बारीमा कालो पोके रोग देख्ने बित्तिकै नस्ट गर्ने
४. डाठ कुहिने रोग
जमीन भन्दा माथी डाठको दोस्रो आख्ला नजिकैको भित्री भागको गुदीको रंग बदलिन्छ र डाठ कुहिना गई बोट ढलदछ । यो रोग नियंत्रण गर्नको लागी उन्नत बिउको प्रयोग , बारीको सरसफाई, संतुलित रुपमा मल्खादको प्रयोग गर्नु हो ।
ब्यबस्थापन प्रणालिहरू:
- संतुलित मात्रामा मल प्रयोग गर्ने
- रोगको जीवाणु गवारोबाट सरने हुदा उक्त गवारो नियंत्रण गर्ने कार्बोफुरान बिसादी प्रयोग गर्ने
५. डाउनी मिल्डयु
पातहरु पहेलिएर सानो हुने र पातमा धर्साहरू देखिन्न । यो रोग लागेपछि बोट बढ़न सक्दैन । पातहरुमा धर्साहरू देखा परछन |पातहरु साघुरिएको र ठाडो परेको हुन्छ ।
ब्यबस्थापन प्रणालिहरू:
- स्वस्थ बिऊ प्रयोग गर्ने
- रोग अवरोधक जातहरु जस्तै रामपुर कम्पोजिट , सर्लाही सेतो लगाउने