विश्व इतिहास

संरक्षण कृषिको प्रविधिलाई अहिले विश्वजगतले बढ्दो रुपमा अप्नाउदै आएको छ। प्राचीन मिश्रवासीहरु तथा दक्षिण अमेरिकाको एन्डिज पहाडी इलाकाका इन्का नामक आदिवासीहरुले लठ्ठीको सहयोगमा खन्जोत नै नगरी माटोमा प्वाल पारेर अन्नबालीको बिउ जमाएर खेती गरेको उदाहरण नै संरक्षण कृषिको पहिलो इतिहास हो। आजको संरक्षण कृषि(CA) को प्रविधिको विस्तार भने Ploughman Folly नामक पुस्तकमार्फत एडवार्ड फल्कनरले सन् १९४०  ताका गरेका हुन्। फलस्वरुप् सन् १९७० मा अनुसन्धानकर्ता वैज्ञानिक र अगुवा कृषकको सहकार्यमा ब्राजिलमा यो प्रविधिलाई प्रयोगमा ल्याइयो।

यस प्रविधिको सुरुवात दक्षिण अमेरिकामा पहिले नै भएतापनि करिब २० वर्षपछि मात्र सो प्रविधिलाई प्रभावकारी ढङ्गले अप्नाइयो। सोही समयमा खेत खन्ने उपकरण र कृषि व्यवसायमा पनि केही हदसम्म सुधार र विकास कार्य भए। सन् १९९० को दशक पछि मात्र दक्षिण अमेरिका,ब्राजिल,अर्जेन्टिना र पाराग्वेमा यस प्रविधिको विस्तार तिव्र गतिमा हुन थाल्यो। त्यसपश्चात खाद्य तथा कृषि संगठन(FAO), विश्व बैंक, GIZ, CIRAD र CGIAR जस्ता संघसंस्थाहरुका लागि संरक्षण कृषिको प्रविधि एक अध्यनको विषय बन्न पुग्यो। अन्तत: क्यानडा, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, स्पेन र रसिया जस्ता औद्योगिक राष्ट्रहरुमा यो प्रविधिको विस्तार भएको पाइन्छ।

वर्तमान परिपेक्षमा संरक्षण कृषि अन्तर्गत खेतीयोग्य जमिनहरु वर्षेनी बढिरहेका छन्। सन् १९७३/७४ मा २.८  लाख हेक्टर रहेको खेतीयोग्य जमिन सन् २०११  मा आइपुग्दा १२५  लाख हेक्टरमा परिणत भएको छ; जसमा संयुक्त राज्य अमेरिकाबाट मात्र ४७ % को योग्दान रहेको छ। यो प्रविधिलाई कृषकले समुन्द्री सतहदेखि करिब ३००० मिटर उचाइसम्म,Arctic देखि भूमध्यरेखीय भुभागसम्म, बलौटे दोमटदेखि दोमटसम्म र ०.५  हेक्टर देखि १००० हेक्टरको जमिनको क्षेत्रफलमसम्म प्रयोगमा ल्याएका छन्। विशेषत: यो प्रविधिको प्रयोग धान-गहुँ र धान-मकै खेती प्रणालीमा प्रचुर मात्रामा देखिएको छ।