व्यवस्थित संरक्षणमूलक कृषि प्रणालीमा उत्पदनमा वृद्धि सर्वमान्य छ। चार वर्षसम्म सं.कृषिका सम्पूर्ण सिद्धान्तहरुको अवलम्बनसँगै पूर्वमौसमी खेती गरी अनुसन्धान गर्दा गहुँ, जउँ, मसुरो, बोडि आदिजस्ता बालीहरुमा १२-२०% सम्म उत्पादनमा वृद्धि भएको पाइएको छ। अन्न उत्पादनमा सुधार ल्याउनका लागि सफल र सहज तरीकाले शुन्य खनजोत गरी बाली स्थापना गर्नु नै प्राथमिक पहल हो। पारम्परिक खनजोत तथा मौसमी खेती गर्ने गहुँका किसानहरुभन्दा शुन्य खनजोत र पूर्व मौसमी खेती गर्ने किसानहरुको औसत उत्पादन १६०-४९५ के.जी प्रति हेक्टरले बढि रहेको पाइएको छ। सं. कृ.बाट उपयुक्त मौसम भएको ठाउँदेखि लिएर सुक्खा र सिँचित ठाउँमा पनि उत्पादन वृद्धि अनुभव गर्न सकिन्छ। वर्षाको पानीको घुसपैठ, चिस्यान संरक्षण, पानीको प्रयोग क्षमतामा सुधार तथा माटोको आकार र उर्वराशक्तिको सम्बर्द्धन गर्दै सं. कृ. ले खडेरीको नकरात्मक असर कम गरेर बालीलाई फाइदाजनक उत्पादन दिन सघाउ पुर्याउँछ।
जोताई खर्चको उन्मूलन साथै बिजको आगतको कमीले बाली उत्पादनको लागत घट्छ । उत्पादनमा कुनै वृद्धि बिना पनि (जुन कहिलेकाहीं हुन सक्छ ) संरक्षण कृषिले सामान्यतया लागत घटाउँदछ र यसले मुनाफा बढाउँछ। तर जब माथि उल्लेखित उत्पादन वृद्धिसंग यो कुरा जोडी हेर्दा , कुल आर्थिक प्रभाव महत्वापूर्ण देखिन्छ। शुन्य खनजोत र चाडै बिउ राख्ने बिधि अपनाएका सिरिया र इराकका गंहू खेति गर्ने किसन हरुमा गरिएको सर्बेक्षणमा उत्पादन लागतमा अनुमानित लगभग $ १०० / हेक्टर कमी देखिएको थियो र उनीहरुको कुल आय $ ९१८७ / हेक्टर सम्म बढेको थियो। यदि सिरियाका ८०% गहुँ खेति गर्ने किसानहरुले शुन्य खनजोत खेति बिधि अपनाएको भए(अस्ट्रेलियाका थुप्रे भागहरुमा सामान्य स्तरमा अपनाएको ), प्रति बर्ष २५४ मिलियन अमेरिकी डलर मूल्य बराबर ६३०,००० टन गहुँको अधिक उपदान हुनेथियो । निसन्देह अरु बालिहरुलाई पनि संरक्षण कृषिबाट उत्तिकै लाभ मिल्छ त्यसैगरि संरक्षणले मध्य पूर्व र अफ्रिकाका धेरै देशहरुको आर्थिक वृद्धि र खाध्य सुरक्षमा ठुलो प्रभाव पर्न सक्दछ जसले गर्दा त्यहाँका जनसंख्याको जिबिकोपार्जनका लागि आयातमा निर्भरतामा कमि ल्याउँछ।
माटोको सतह छोपी तथा माटोलाई कम चलाई खेती गर्दा भुक्षय कम हुन जानुका साथै माटो, जल अनि वायुको गुणस्तर वृद्धिमा मदत पुर्याऊँछ। यी नै संरक्षणमूलक कृषिको सिद्धान्तहरु अपनाउनुका फाइदाहरु हुन्। माटो कम खनजोत गरी, बढि भन्दा बढि बालीका अवशेषहरुले छोप्दा हावाको प्रकोप कम हुन गई धूलो उड्ने सम्भावना कम हुन्छ। विशेषगरी कोषेबाली लगाउँदा माटोमा हुने तत्वहरु बढ्नु, माटोको आकार मजबुत हुनुका साथै झारपातको अतिक्रमण, रोगकीराको आक्रमण कम हुन्छ। संरक्षणमूलक कृषिद्वारा माटोको अर्गानिक पदार्थहरु र कार्बनको जब्ती बढ्ने एवम् कार्बन डाइअक्साइड, हरितगृह ग्यासहरुको असर कम हुने अनुमान गरिएको छ। शून्य खनजोतद्वारा पनि जीवाश्म ईन्धनको प्रयोग र हरितगृह ग्यासहरुको उत्सर्जन कम मात्रामा हुन्छ। सिरियामा संरक्षणमूलक कृषिमा गरिएको अनुसन्धानमा कार्बनको जब्ती ०.२७-०.३०मि.ग्रम प्रति हेक्टर प्रति वर्षको हारहारीमा पाइयो। सायद शूरुवाती माटोमा अर्गानिक पदार्थको मात्रा २.३% र कम देखि मध्यम मात्राको बाली उत्पादकत्व हुनाले कार्बनको जब्तीमा त्यति धेरै वृद्धि पाइएको थियो।