वातावरणीय

Category

माटोको सतह छोपी तथा माटोलाई कम चलाई खेती गर्दा भुक्षय कम हुन जानुका साथै माटो, जल अनि वायुको गुणस्तर वृद्धिमा मदत पुर्याऊँछ। यी नै संरक्षणमूलक कृषिको सिद्धान्तहरु अपनाउनुका फाइदाहरु हुन्। माटो कम खनजोत गरी, बढि भन्दा बढि बालीका अवशेषहरुले छोप्दा हावाको प्रकोप कम हुन गई धूलो उड्ने सम्भावना कम हुन्छ। विशेषगरी कोषेबाली लगाउँदा माटोमा हुने तत्वहरु बढ्नु, माटोको आकार मजबुत हुनुका साथै झारपातको अतिक्रमण, रोगकीराको आक्रमण कम हुन्छ। संरक्षणमूलक कृषिद्वारा माटोको अर्गानिक पदार्थहरु र कार्बनको जब्ती बढ्ने एवम् कार्बन डाइअक्साइड, हरितगृह ग्यासहरुको असर कम हुने अनुमान गरिएको छ। शून्य खनजोतद्वारा पनि जीवाश्म ईन्धनको प्रयोग र हरितगृह ग्यासहरुको उत्सर्जन कम मात्रामा हुन्छ। सिरियामा संरक्षणमूलक कृषिमा गरिएको अनुसन्धानमा कार्बनको जब्ती ०.२७-०.३०मि.ग्रम प्रति हेक्टर प्रति वर्षको हारहारीमा पाइयो। सायद शूरुवाती माटोमा अर्गानिक पदार्थको मात्रा २.३% र कम देखि मध्यम मात्राको बाली उत्पादकत्व हुनाले कार्बनको जब्तीमा त्यति धेरै वृद्धि पाइएको थियो।