यान्त्रिक प्रयोग

कम्बाईन्ड हार्वेस्टर

विभिन्न बालीहरुलाई कौशलतापूर्वक कटान गर्नका लागी कम्बाइन हार्वेस्टर, वा भनौँ, कम्बाइन भन्ने मेसिन प्रयोग गरीन्छ। यसद्वारा एकै प्रक्रियामा कटान, दाइँ र दानाको सफाइ सबै गर्न सकिन्छ। धान, मकै, जुनेलो, भटमास, आलस, जौ, गहुँ, रायो आदिको कटान गर्ने नै यस मेसिनको उद्देश्य हो। काटिसकेपछि बाँकी रहेको, कम खाद्य पदार्थ उपलब्ध हुने पात र डाँठलाई कि त टुक्रा टुक्रा पारेर खेतमै छितरिन्छ कि गाईवस्तुलाई चारा खुवाउन तथा

रीपर कम बाइन्डर

काटेको बालीलाई खेतमा खस्न नदिकन बाँध्ने हुनाले यो रिपर मेसिन भन्दा फरक छ। रिपर प्रयोग गर्दा थप हातले गर्ने काम बढ्दथो किनभने दाईका लागि बाली बाँधी लग्ने काम हातले नै गर्नपर्दथ्यो। तर यस मेसिनको प्रयोगमा बाली काटीँ दाईका लागी थप मानविय स्रोत चाहिँदैन। तसर्थ यस मेसिनको प्रयोगले उत्पादनका लागि चाहिने खर्च कम गराई नाफा बढाउन मदत पुय्याउँदछ।

रीपर

अन्नबाली पूर्णतया पाकिसकेपछि कटान गर्नका लागी प्रयोग गरीने मेसिनलाई रीपर भनिन्छ। यसले सामान्य रुपमा बाली काटेर भुइँमा नबाँधिकन राखिदिन्छ। पारम्पारिक तरीकाबाट बाली कटान गर्दा धेरै समय तथा मानवीय स्रोत आवश्यक पर्दथ्यो। यसको सट्टा रीपर प्रयोग गर्दा समय र मजदुर दुवै बचत भई कार्यक्षमता बढ्छ र कृषि कार्य लाभदायक कहलिन्छ।

मेकानिकल उइडर

बालीबाट अधिकतम उत्पादन लिनका लागी खेतबाट झार फाल्न अत्यावश्यक हुन्छ। पारम्पारिक तरीकाबाट झार फाल्दा धेरै समय र मनव स्रोत खर्चिनुपर्ने तर फाइदा र उत्पादन भने कम हुने गर्छ। तर यस मेसिनको झार फाल्ने कार्यक्षमता बढि पाइएको छ। वर्तमान परिवेशमा कम समयमा कम मानव स्रोतमा पनि झार फाल्ने थुप्रै मेसिनहरु पाइन्छन्। मेकानिकल विडर अन्नबाली,तरकारी, फलफूल खेतिका लागी प्रयोग गरिन्छ जहाँ ज्यामितिय ढाँचामा खेती गरीएको हु

सीड कम फर्टिलाईजर ड्रिल

यो मेसिन विशेष गरी बिउ र मल एकैपटक खेतमा छर्नका लागी प्रयोग गरीन्छ। यस मेसिनको सहायताले बिउ र मललाई एकैपटक तर फरक भाँडोमा राखी फरक गहिराइमा हालिने हुनाले अङ्कुरण बढि प्रभावकारी भएको पाइएको छ। यसो गर्दा बिरुवाको नजिक मल हालिनुका साथै मल खेर जानमा कमी भई बिरुवाले बढि मात्रामा उपयोग गर्दछ। ट्याक्टरद्वारा चलाइने यो मेसिन मकै, गहुँ, जौ, दाल, बोडि, मास इत्यादि बालीका लागि प्रयोग गरीन्छ।

शुन्य खनजोत यन्त्र

माटोलाई नचलाईकन प्रत्येक वर्ष बिना खनजोत बाली लगाउने तरीका नै शुन्य खनजोत हो जसका लागि जिरो टिल मेसिन प्रयोग गरीन्छ। यस मेसिनमा गहिरो खन्नका लागि ड्रिलका साथै बिउ राख्ने भाँडो पनि छ। हावाको प्रकोप भएको र भुक्षय बढि हुने ठाउँमा शुन्य खनजोत अपनाइन्छ। ३०% जति बालीका अवशेषहरु खेतमै मिसाउनका लागी छाडेर नयाँ बाली लगाउँदा १६% सम्म उत्पादनमा वृद्धि आउने कुरा भारतमा गरीएको अनुसन्धानमा जना

ह्याप्पी सिडर

ह्याप्पी सिडर उत्पादनलाई यथावत् राख्नु वा बढाउनुका साथै वायु प्रदुषण निर्मूल पार्न एवम् खाद्य पदार्थ तथा प्राङ्गारीक कार्बनको नाश हुन नदिनका लागि धानको अवशेषहरुलाई नजलाईकन गहुँको बिउ छर्न प्रयोग गरिन्छ।  यो मेसिन हाते ट्याक्टर, पावर टिलर वा ट्याक्टरको सहायताले चलाउन सकिन्छ। यो विशेषतः धान काटिसकेपछि गहुँ लगाउँदा समयको बचत गर्न र धानको अवशेष व्यवस्थापन गर्नका लागि प्रयोग गरिन्छ। <

धान रोप्ने मेसिन

धान रोप्ने मेसिन हातले चल्ने (हिँड्ने खालको) तथा मेसिनद्वारा चल्ने (गुड्ने खालको) गरी दुवै तरीकाले धान रोप्नका लागि उपयुक्त छ। यो मेसिन धेरथोर सम्म भएको जमिनमा प्रयोग गरीन्छ। धानको बिरुवालाई मानिसद्वारा स्थानान्तरण गर्दा भन्दा धान रोप्ने मेसिन जस्तो मेसिन प्रयोग गर्दा कम समय र मजदुरको आवश्यकता पर्दछ। एक व्यक्तिले प्रत्येक दिनमा धान रोप्न सक्ने क्षमता ७०० वर्ग मि.

Subscribe to यान्त्रिक प्रयोग