नेपाल इतिहास

संरक्षण कृषि (Conservation Agriculture) नेपालको लागि एउटा उपयुक्त प्रविधि हो।यो प्रविधि नेपालमा सन् १९९६/९७  मा भूक्षय न्युनिकरण गर्न र माटोको उर्भराशक्ति बढाउनको लागि प्रयोगमा ल्याइएको थियो।यस अन्तर्गत अहिले नेपाल कृषि अनुसन्धान परिषद (NARC), कृषि विभाग(DOA), कृषि विस्तार(Agriculture extension) ले राष्ट्रिय, क्षेत्रीय र जिल्ला स्तरमा काम गर्दै आएका छन्।त्यसतै अन्तराष्ट्रिय संघ संस्था CSISA, CIMMYT र IFAD को पनि सहयोगी भूमिका रहेको छ।

CSISA Nepal ले विशेषतः नेपालका पूर्वी र मध्य तराई क्षेत्रमा धान, मकै, गहुँ र मुसुरो जस्ता प्रमुख बालीमा संरक्षण कृषि प्रविधिको प्रबर्द्धन गरेको छ। त्यसतै, IFAD र CIMMYT पनि नेपालको पश्चिमी तराई र सँगैका पहाडी जिल्लाहरुमा मकै विशेष प्रणालीमा संरक्षण कृषि (CA) प्रविधिको परीक्षण र प्रबर्द्धनमा संलग्न रहेका छन्। चितवन,बारा,पर्सा,नवलपरासी लगायतका तराईका जिल्लाहरुमा माटो नहिल्याइकन धान रोप्न र बिना खन्जोत गहुँ उत्पादन गर्ने प्रविधिको सुरुवात भइसकेको छ। तराई क्षेत्रमा विभिन्न यन्त्र र औजारहरुको परीक्षण र सुधार पनि भइरहेको छ; यद्धपि पहाडी क्षेत्रमा भने कुनै पनि औजारको परीक्षण समेत हुन सकेको छैन। तसर्थ संरक्षण कृषि प्रविधि अनुसन्धान केन्द्रमा मात्र सिमित रहेको छ।