धानको विउ व्याड व्यवस्थापन

नर्सरी व्यवस्थापन

राम्रो उत्पादानकोलागि नर्सरी व्यवस्थापन गर्नु निकै नै आवस्यक छ। नर्सरीका लागि सर्बोत्कृस्ट र सबैभन्दा प्रख्यात जात छान्नु पर्दछ। नर्सरी ब्याडको लागि भरपर्दो सिंचाइको स्रोत भएको, पानीको राम्रो निकास भएको तथा पारिलो ठाँउ छनोट गर्नु पर्दछ।

हिले ब्याडको तयारी

एक एकर धान रोपाइँको लागि आवश्यक स्वस्थ र दरिला बेर्ना उत्पादन गर्न ३००-४०० स्क्वायर मिटर छेत्रफलको ब्याड पर्याप्त हुन्छ। ब्याडको तयारीका लागि पहिला जमिनलाइ राम्ररी जोत्न जरुरी छ। त्यसपछि ब्याड राख्नुभन्दा कम्तिमा २५-३० दिन अघि २ कुइन्टल गोबरमल वा कम्पोस्टमल हालेर जोताइसङै माटोमा मिसाउने अनि जमिनलाइ प्याडी पडलरको मदतले हिलाम्य बनाउने। उक्त जमिनमा १-२ वटा १५ से.मि अग्लो र १ मि. लामो ब्याड बनाउने र त्यस बीच ३० से.मि. निकास च्यानल बनाउने।

बिउको गुणस्तर

सकेसम्म आधिकारिक बिक्रेताबाट उच्च उत्पादकत्व भएको प्रमाणित बीउ वा हाइबृड बीउ किन्नुपर्छ। आफ्नै बीउ प्रयोग गर्ने हो भने बीउ राम्रो उमरासक्ति भएको, सफा, शुद्ध र स्वस्थ हुनुपर्दछ।

बीउ उपचार

छर्नु अघि भाडामा बीउ भिजाएर राम्रोसँग चलाउने र पानीमाथि उब्रेका सबै दानाहरु हटाउने र बाकी दानालाइ मात्र बिउको रुपमा प्रयोग गर्ने। आफ्नो बीउ प्रयोग गरिएको छ भने १.५-२ के.जि नुन प्रति १० लि. पानीमा भिजाउने। छर्नका लागि उम्रेको बिउको प्रयोग गर्नुपर्छ। त्यसका लागि बेभिस्टिन २ ग्रा. प्रति केजि वा साफ ३ ग्रा. प्रति केजी बिउ १ लिटर पानीको दरले बनाइएको घोलमा रातभर भिजाउने अनि जुटको बोरामा राखेर इन्कुबेट गर्ने। टुसाको लम्बाइ ७-८ मि.मि भन्दा धेरै हुनु हुँदैन।

बीउ दर र बीउ छर्ने तरिका

बीउ दर उन्नत जातको लागि १०-१६ केजी प्रति कठ्ठा र हाइबृडको लागि २-६ केजी प्रति कठ्ठा उपयुक्त हुन्छ। उम्रेको बिउलाइ हिलोमा टासिने गरि हल्का बल गरेर सबैतिर फैलने गरि राम्रोसँग छर्ने।

बेर्नाको उमेर

  • लामो अवधि जातहरुका लागि ३०-३५ दिनको बेर्ना
  • सार्नेमध्यम अवधि जातहरका लागि २५-३० दिनको बेर्ना
  • सार्नेछोटो अवधि जातहरुका लागि २०-२५ दिनको बेर्ना
  • सार्नेयदि अवस्था राम्रो छ भने कलिलो बेर्ना रोप्न सकिन्छ।
  • डुबानको समस्या भएको ठाउँमा अलि छिप्पिएको बेर्ना प्रयोग गर्नु पर्दछ।

मलखाद व्यवस्थापन

बीउ छर्नु भन्दा पहिले ४ केजी , २.४ केजी पोटास र १ केजी जिन्क सल्फेट माटोमा मिसाउने। बीउ छरेको १३-१५ दिनपछि २.८ केजी युरिया छर्ने। यदि आइरनको कमि देखापरेमा ०.५% फेरस सल्फेट प्रयोग गर्न सकिन्छ।

झारपात नियन्त्रण

झारपात नियन्त्रणका लागि सोफित ६० ग्रा प्रति कठ्ठाको दरले ५-६ केजी बालुवामा मिसाइ छरेको १-३ दिन भित्रमा ब्यडमा पानी जमेको अवस्थामा छर्नुपर्दछ।

सिंचाइ

कलिलो बेर्नालाइ दिउँसोको चर्को घामबाट बचाउन नर्सरीमा दिउसोपख पानी जम्न दिनुहुँदैन । त्य्सैले सिचाइ हल्का रुपमा बेलुकापख गर्नुपर्दछ।