धानका रोगहरु

१. मरुवा रोग:  rice blast

यो रोग फंगसद्वारा हुने गर्दछ । यो रोगको जिबाणुलाइ पाईरिकुलारिया ओराइजी भानिन्छ । यो रोगको लक्षणहरुहरुमा सर्वप्रथम पातमा, आखलामा, बालाका अंगहरु वा दानाहरुमा दूबैतिर चुच्चोपरेको थोप्लाहरू देखिन्छन । यो रोगले उग्ररूप लिएको खंडमा पातमा डढेको जस्तो देखिन्छन । यदि यो रोगको आक्रमण आख्लामा भएको छ भने सजिलै संग बाला भाचिन्छ, जसलाई घाटिको मरुवा (Neck Blast) भानिन्छ ।

ब्यबस्थापन प्रणालिहरू:

  • रोग अबरोधक जातको धान  सी.एच. ४५, आई .आर. ८,२०,२२,२६, र जानकी ,पोखरेली मसिनो आदि लगाउनेसंतुलित  मल प्रयोग गर्ने
  • सिफारिस भन्दा धेरै नाइट्रोजन प्रयोग नगर्ने
  • रोगमुक्त खेतको मात्र बिऊ प्रयोग गर्ने रोग लागेको बिरुवाको पराल , ठुटा ,ठुटी जलाई दिने जसले गर्दा जीवाणुका स्रोतहरू कम गर्न सकिन्छ
  • ब्याडमा, बाला लाग्ने बेलामा रोगनासक औसधि जस्तै हिनोसान ५० ई.सी. को १.५ एम.एल वा बेभिस्टिन ५० WP ३ ग्राम वा डाइथेनएम-४५, ३ ग्राम प्रति लीटर पानीको दरमा मिलाई स्प्रे गर्नु पर्छ

२. खैरो थोप्ले रोग : spot

यो रोगको जीवाणुलाइ हेल्मिन्थोस्पोरियम ओराइजी भानिन्छ । यो रोगको लक्षणहरुमा पातमा , दानामा र अन्य हरियो भागमा खैरा थोप्लाहरू हुन्छन्। सुरुमा थोप्लाहरू अंडाकार हुन्छन् । थोप्लाको बिचमा फुस्रो खरानी रंग र चारैतिर हल्का पहेंलो किनाराले घेरिएको हुन्छ ।

ब्यबस्थापन प्रणालिहरू:

  • अवरोधक जात प्रयोग गर्ने
  • संतुलित मात्रामा मल प्रयोग गर्ने
  • तातो पानी वा रोगनासक औसधिले बिऊ उपचार गर्ने
  • सिरेसन वा बेभिस्टिन ३ ग्राम प्रति किलो ग्राम बिउको दरमा उपचार गर्ने
  • स्वस्थ धान खेतको बिऊ प्रयोग गर्ने
  •  प्रांगारिक मल तथा कम्पोस्ट मल हाली माटोको अवस्था सुधार्ने

३. पातमा लाग्ने डढूवा:  BLB

यो रोग ब्याक्टेरियाद्वारा हुने गर्दछ । यो रोगको जीवाणुलाइ ज्यान्थोमोनस क्याम्पेस्टेरिस भानिन्छ । यो रोगको लक्षणहरुमा पातको किनारामा भिजेको जस्तो दाग देखिन्छ । दाग बढ्दै गएपछि किनारा पहेंलो वा हल्का खैरो हुन्छ । कलिलो बोटमा लागेका, बिरुवा ओइलाई मर्दछ, जसलाई क्रेसेकु भानिन्छ ।

ब्यबस्थापन प्रणालिहरू:

  • रोग अबरोधक जातको धान लगाउने  सी.एच. ४५, आई .आर. ८,२०,२२,२६, र जानकी ,पोखरेली मसिनो आदि
  • सिचाईको पानी रोग लागेको खेतबाट रोग नभएको ठाउमा जान नदीने रोग लागेको पराल, ठुटाहरु जलाईदिने
  • सेरेसन बिसादिले बिऊ उपचार गर्ने बिरुवाहरूलाइ घाऊ, चोट हुन बाट बचाउनेबेर्नाहरू हिले ब्याडमा नउमारी धुले ब्याडमा उमार्ने
  • रोग मुक्त खेतबाट मात्र बिऊ संकलन गरी प्रयोगमा ल्याउने

४. कालो पोके रोग false smut of rice

यो रोग लागेको धानको बालामा ढुसीको जिवाणुहरूको पोको बन्दछ । यो पोको बाहिरबाट हरियो  र भित्र पहेंलो वा सुन्तला रंगको हुन्छ । पछि गएर यो पोको कालो रंगमा परिणत हुन्छ ।

ब्यबस्थापन प्रणालिहरू:

  • रोगमुक्त बिउहरुको प्रयोग गर्ने
  • धानको बालामा आक्रमण भएका कालो पोकाहरू पोलीथिन ब्यागमा जम्मा गरी जलाई दिने
  • धानको बाला निस्कनु अघि ३ ग्राम बेभिस्टिन प्रति लीटर पानीको दरमा मिलाई स्प्रे गरी दिने
  • अत्यधिक मात्रामा नाइट्रोजनयुक्त मल प्रयोग नगर्ने