१. फड्के किरा
यी किराहरु खैरा हरिया पिठ्युँ भएका हुन्छन्। यस्ता किराहरु फुत्त फुत्त उफ्रिने खालका हुन्छन् । यी किराहरुले करिब १२४ वटा अन्डाका थुप्राहरु बनाउँछ र हरेक थुप्रोमा २-११वटा अन्डाहरु हुन्छन्।अन्डा लाम्चो हुन्छ र त्यस्मा २वटा कालो थोप्लो पनि हुन्छ।
क्षतिको लक्षण
यसले पात चुसेर खान्छ जसको कारणले धानको बिरुवा सुकेर मर्दछन्। बिरुवाहरु गाँजिन र बढ्न सक्दैनन् । धानको बोटमा वाला नलागी पराल जस्तो भई सुकेर ढल्छ।
ब्यब्स्थापन विधि
- धानको जात छनोट गर्दा छिटो पाक्ने धान छनोट गरि धान छिटो लगाउने (छिटो लगाए छिटो पाक्ने धानमा फद्के किराको प्रकोप कम भएको पाईएको छ।)
- बिरुवा नजिक नरोप्ने र प्रति गाँजमा २-३ भन्दा बढी बेर्ना नरोप्ने।
- नाईट्रोजेनयुक्त मलखादको उचित प्रयोग गर्ने
- खेतको पानीको सतह बढाउने र घटाउने
- धान खेतको पर्यावरणमा मित्रजिवको संख्या बढाउने र संख्या अत्यन्त कम छ भने अन्तिम विकल्पको रूपमा रसायनिक मलको प्रयोग गर्ने (१२५-१५० मिलि इमिडाक्लोरोपिड १७.८ एस एल , १.५ लि क्युनालफोस २५ इसि अथवा 1.25-1.5 लि क्लोरोपाइरिफोस २० इसि ५००-१००० लि पानीमा घोलेर १ हेक्टर म छर्ने)
२. गवारो
यि किराहरु वयस्क अवस्थामा विभिन्न आकारका पुतली जस्ता देखिन्छन् । भाले जाती भन्द पोथी थोरै ठुलो हुन्छ र पखेटामा भएको कालो धब्बाले पोथी जाती जनाउँछ । यसका फुलहरु खैरा मसिना झुसहरुले ढाकिएका हुन्छन् ।
क्षतिको लक्षण
विरुवाको कलिलो अवस्थामा क्षति पुराएको खन्डमा मृत गावा देखिन्छन्। यदि फूल फुल्ने अवस्थामा आक्रमण भएमा सेतो वाला देखिन्छन् (यस्तो अवस्थामा वालामा दाना लाग्दैन )।
व्यवस्थापन विधि
- धान काटि सकेपछि बाँकि रहेका ठुटा नस्ट गरिनुपर्छ अथवा ठुटा डुब्ने गरि पानी पटाउने या धान काटिसके पछि खेत जोतिदिने
- बेर्नाको पातको टुप्पोमा देखिएक फुलहरुलाई पात चुँडेर नस्ट गर्ने
- प्रकाश पासोको माध्यम बाट किराहरु नस्ट गर्ने
- धान खेतको आलिमा भटमास लगाउने
- माकुर , लामा सिङ्गे फटयांग्रो को संरक्षन गर्ने
- अन्त्यमा बल्ल बिषादि प्रयोग गर्ने
३. धानको पतेरो
त्रिकोण आकारको टाउको भएको यो किरा लामो खुट्टा भएको अनि समात्दा नराम्रो गन्ध छोडने खालका हुन्छन् । यो वयस्क अवस्थामा खैरोमा हरियो मिसिएको हुन्छ।
क्षतिको लक्षण
पातमा बढि आक्रमण भएमा वोटनै पहेलिने हुन्छ। यसले धानको दाना बाट रस चुस्ने भएकाले दानामा खैरो दाग देकिन्छ र खालि पैयाहरु मात्र हुन्छ।
व्यवस्थापन विधि
- खेत वरिपरि झारहरु गोड्ने
- गाईवस्तुको ताजा पिसाबमा जुटको बोरा भिजाएर खेतको बिचमा झुन्डाईदिने यसमा किराहरु आकर्षित हुन्छन्
- प्रकाश पासोको प्रयोग गर्ने
- एकै समएमा पाक्ने जातको बाली लगाउने
- अन्त्यमा रसायनिक बिषादि प्रयोग गर्ने (२किलो कर्बाराईल ५०% डब्ल्यु पि ५००-१००० लि पानिमा घोलेर १ हेक्टरमा छर्ने)
४. पात बेरुवा
यो वयस्क अवस्थामा हल्का खैरो रङको हुन्छ। पखेटामा दुईवटा वाङ्गा-टिङ्गा धर्काहरु हुन्छन् । लार्भा अवस्थामा यो हरियो रङको हुन्छ।
क्षतिको लक्षण
पातलाई बेरेर हरियो पदार्थ खाईदिन्छ र पात सुक्दछ। पातमा जालि जस्तो देखिन्छ । पातमा ढुँसि र अन्य घाउ देखिन्छ।
व्यवस्थापन विधि
- बालिमा छायाँ पर्न दिनु हुँदैन
- स्वस्थ वेर्ना प्रयोग गर्ने
- नाईट्रोजनयुक्त विषादीको कम प्रयोग गर्ने र उपयुक्त दुरिमा बिरुवा लगाउने
- प्रकोप बढि भएमा वि.टि नामक जैविक विषादि १.५ मि.लि प्रति लिटर पानिमा मिसाई
- खेतमा छर्कने
- अन्तिम विकल्पको रुपमा बजारमा सजिलैसँग उपलब्ध हुने सम्पर्क विषादि क्लोरोपाईरिफस २० प्र. इसि १.२५ मिलि प्रति लि छर्ने