App Nepali

परिचय

बिना खनजोत वा कम खनजोत गरि बाली बिरुवाका नल, पराल, ढोंड जमिनमै छोडेर गरिने खेती प्रविधिलाई संरक्षण कृषि भनिन्छ, जसमा बाली चक्रलाई विशेष महत्वकासाथ अपनाइएको हुन्छ  । यसको मूल लक्ष्य भनेको माटो, पानी र जैविक स्रोतहरु जस्ता प्राकृतिक स्रोतसंग बाÞय स्रोतहरुको एकिकृत व्यवस्थापनद्वारा संरक्षण, सुधार तथा प्रभावकारी उपयोग गर्नु हो । यसले वातावरण संरक्षण गरि कृषि उत्पादनमा दिगो रुपमा योगदान पु-याउँदछ  ।

बढ्दै गरेको जनसंख्या र तेसको माग पूरा गर्नका निमि्त प्राकृतिक स्रोतहरुको विनाशकारी रूपमा उपभोग हुँदैछ । यी सबैको खास जड चाहिँ दिगो र बढी उत्पादन दिने साथसाथै सिमित स्रोत र साधनहरुको पनि संरक्षण गर्ने कृषि प्रविधिहरुको अनुसन्धान, विकास तथा प्रसारको कमी हुनु र प्रभावकारी निती अभाव हुनु हो । तसर्थ यसलाई मध्यनजर गरी परम्परागत कृषिबाट आज संरक्षण कृषि प्रणालीको विकासक्रम जारी हुँदैछ । यसको मूल लक्ष्य भनेको नै माटो, पानी र जैविक स्रोतहरु जस्ता प्राकृतिक स्रोतसँग बाह्य स्रोतहरुको एकीकृत व्यवस्थापनाद्वारा संरक्षण, सुधार तथा प्रभावकारी उपायोग गर्नु हो । अत: यसले वातवरण संरक्षण गरी कृषि उत्पादनमा दिगो रूपमा योगदान पुर्‍याउँदछ ।

इतिहास

संरक्षण कृषि (Conservation Agriculture) नेपालको लागि एउटा उपयुक्त प्रविधि हो।यो प्रविधि नेपालमा सन् १९९६/९७  मा भूक्षय न्युनिकरण गर्न र माटोको उर्भराशक्ति बढाउनको लागि प्रयोगमा ल्याइएको थियो।यस अन्तर्गत अहिले नेपाल कृषि अनुसन्धान परिषद (NARC), कृषि विभाग(DOA), कृषि विस्तार(Agriculture extension) ले राष्ट्रिय, क्षेत्रीय र जिल्ला स्तरमा काम गर्दै आएका छन्।त्यसतै अन्तराष्ट्रिय संघ संस्था CSISA, CIMMYT र IFAD को पनि सहयोगी भूमिका रहेको छ।

CSISA Nepal ले विशेषतः नेपालका पूर्वी र मध्य तराई क्षेत्रमा धान, मकै, गहुँ र मुसुरो जस्ता प्रमुख बालीमा संरक्षण कृषि प्रविधिको प्रबर्द्धन गरेको छ। त्यसतै, IFAD र CIMMYT पनि नेपालको पश्चिमी तराई र सँगैका पहाडी जिल्लाहरुमा मकै विशेष प्रणालीमा संरक्षण कृषि (CA) प्रविधिको परीक्षण र प्रबर्द्धनमा संलग्न रहेका छन्। चितवन,बारा,पर्सा,नवलपरासी लगायतका तराईका जिल्लाहरुमा माटो नहिल्याइकन धान रोप्न र बिना खन्जोत गहुँ उत्पादन गर्ने प्रविधिको सुरुवात भइसकेको छ। तराई क्षेत्रमा विभिन्न यन्त्र र अौजारहरुको परीक्षण र सुधार पनि भइरहेको छ; यद्धपि पहाडी क्षेत्रमा भने कुनै पनि औजारको परीक्षण समेत हुन सकेको छैन। तसर्थ संरक्षण कृषि प्रविधि अनुसन्धान केन्द्रमा मात्र सिमित रहेको छ।

संरक्षण कृषिको प्रविधिलाई अहिले विश्वजगतले बढ्दो रुपमा अप्नाउदै आएको छ। प्राचीन मिश्रवासीहरु तथा दक्षिण अमेरिकाको एन्डिज पहाडी इलाकाका इन्का नामक आदिवासीहरुले लठ्ठीको सहयोगमा खन्जोत नै नगरी माटोमा प्वाल पारेर अन्नबालीको बिउ जमाएर खेती गरेको उदाहरण नै संरक्षण कृषिको पहिलो इतिहास हो। आजको संरक्षण कृषि(CA) को प्रविधिको विस्तार भने Ploughman Folly नामक पुस्तकमार्फत एडवार्ड फल्कनरले सन् १९४०  ताका गरेका हुन्। फलस्वरुप् सन् १९७० मा अनुसन्धानकर्ता वैज्ञानिक र अगुवा कृषकको सहकार्यमा ब्राजिलमा यो प्रविधिलाई प्रयोगमा ल्याइयो।

यस प्रविधिको सुरुवात दक्षिण अमेरिकामा पहिले नै भएतापनि करिब २० वर्षपछि मात्र सो प्रविधिलाई प्रभावकारी ढङ्गले अप्नाइयो। सोही समयमा खेत खन्ने उपकरण र कृषि व्यवसायमा पनि केही हदसम्म सुधार र विकास कार्य भए। सन् १९९० को दशक पछि मात्र दक्षिण अमेरिका,ब्राजिल,अर्जेन्टिना र पाराग्वेमा यस प्रविधिको विस्तार तिव्र गतिमा हुन थाल्यो। त्यसपश्चात खाद्य तथा कृषि संगठन(FAO), विश्व बैंक, GIZ, CIRAD र CGIAR जस्ता संघसंस्थाहरुका लागि संरक्षण कृषिको प्रविधि एक अध्यनको विषय बन्न पुग्यो। अन्तत: क्यानडा, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, स्पेन र रसिया जस्ता औद्योगिक राष्ट्रहरुमा यो प्रविधिको विस्तार भएको पाइन्छ।

वर्तमान परिपेक्षमा संरक्षण कृषि अन्तर्गत खेतीयोग्य जमिनहरु वर्षेनी बढिरहेका छन्। सन् १९७३/७४ मा २.८  लाख हेक्टर रहेको खेतीयोग्य जमिन सन् २०११  मा आइपुग्दा १२५  लाख हेक्टरमा परिणत भएको छ; जसमा संयुक्त राज्य अमेरिकाबाट मात्र ४७ % को योग्दान रहेको छ। यो प्रविधिलाई कृषकले समुन्द्री सतहदेखि करिब ३००० मिटर उचाइसम्म,Arctic देखि भूमध्यरेखीय भुभागसम्म, बलौटे दोमटदेखि दोमटसम्म र ०.५  हेक्टर देखि १००० हेक्टरको जमिनको क्षेत्रफलमसम्म प्रयोगमा ल्याएका छन्। विशेषत: यो प्रविधिको प्रयोग धान-गहुँ र धान-मकै खेती प्रणालीमा प्रचुर मात्रामा देखिएको छ।

सिद्धान्तहरु

माटोको न्यूनतम संरचनात्मक ह्रास, संरक्षक  कृषि  को आधारभूत सिद्धान्त हो जुन माटोको भौतिक रासायनिक गुणहरू सुधार गर्न को लागी, माटोको सम्मिश्रण, जल माटोको छ्ययमा कमी संतोषजनक फसल खडा स्थापित गर्दछ। यो न्यूनतम कारागार, शून्य शक्ति खन्जोत  स्टबल मल्च  खन्जोत प्रविधिद्वारा प्राप्त गर्न सकिन्छ।

न्यूनतम कारागर क्षेत्र तयारी विधि को एक समूह हो जो माटो को भौतिक हेरफेर को कम गर्दछ। यस्को उद्देश्य न्यूनतम आवश्यक खनजोत गर्ने जसले एक राम्रो बीज वियाड, छिटो उम्रने , एक संतोषजनक फसल खडा अनुकूल बढ्दो अवस्था सुनिश्चित गर्दछ। शुण्य शक्ति खनजोत संरक्षण कृषि को यस्तो तरिका हो जुनमा  प्राथमिक शक्ति खन्जोत नगरी  बिउ  लगाउने  ठाँउमा मात्र खन्जोत गरिन्छ स्टबल मल्च खन्जोत यो प्रविधि हो जहाँ खाली  अवधिमा मल्च फसल लगाइन्छ   खेति गर्ने क्रममा माटोमा समावेश गरिन्छ वा अघिल्लो फसलको बाकी  रहेका ठेट्ना  खनजोत गर्ने क्रममा माटोमा मिलाईन्छ।

अन्नबाली काटेर सिहारिसकेपछि खेतबारीमा बाँकि छोडिएका सम्पूर्ण कुराहरू नै बाली अवशेषहरू हुन् ।पहिले पहिले यी अवशेषलाई खेर जाने वस्तुको रूपमा लिइन्थ्यो तर अनुसन्धान अनुसार ती वस्तुहरूको निकै ठूलो महत्व रहेको छ । विरूवालाई चाहिने तत्वका लागि,भू–क्षय नियन्त्रण गर्न,जमिनको पानी सोस्ने क्षमता बढाउन,कार्बन सिक्वेसट्रेसनमा यसको ठूलो भूमिका रहेको हुन्छ ।अन्न अवशेषहरू गाई वस्तुलाई घाँसको रूपमा ,भुइँमा ओछ्याउन ,कागज बनाउनका साथै जैविक ग्याँस उत्पादन गर्न प्रयोग गरिन्छ । अहिले सेलुलोसिक इथ्यानोल उत्पादन गर्न  र सिन्ग्याँस उत्पादन गर्नका लागि यसको ठूलो माग छ । सिन्ग्यास बिजुली उत्पादन गर्न,रसायन उत्पादन गर्न,इथ्यानोल बनाउन,डिजेल र ग्यासोलिन उत्पादन गर्न प्रयोग गरिन्छ । बाली अवशेषहरूलाई अरू प्रयोजनका लागि उपभोग गर्नु भन्दा पनि खेतबारीमा नै छोड्नुपर्ने आवश्यकता देखा परेको छ । १० टन/एकर सुक्खा मलको सट्टा ५ टन/एकर बाली अवषेशकोे प्रयोगको उपयोगिता एकै हुन्छ ।

बाली अवशेषहरू बिरूवालाई चाहिने तत्वका महत्वपूर्ण श्रोत हुन्, जसले माटोको उर्वराशक्ति बढाउन सहयाोग पुर्याउँछ ।भिन्न भिन्न बाली अवशेषमा पाइने तत्वको मात्रा पनि भिन्न नै हुने गर्छ ।पात र भूसमा डाँठमा भन्दा धेरै तत्व हुने पाइएको छ । माटोको  प्राङ्गारिक पदार्थ कायम गर्न वर्षेनी २ देखि ३ टन/एकर को हिसाबले बाली अवशेष माटोमा नै छोड्नुपर्ने देखिएको छ । 

बालि विविधिकरण भन्नाले कुनै नयाँ बालि अथवा नयाँ बालि प्रणाली  एउटा विशेष खेतमा थप्नु हो  जसले  गर्दा लगाइएको बालीको मान बढ्न जान्छ भने बजारीकरण को सम्भाव्यता पनि बढ्छ।यसको उदेश्य भनेको दिइएको  क्षेत्रमा बिभिन्न बालीहरुको उत्पादनमा बिबिध छनोट दिनु हो ताकी विभिन्न बालीहरुमा  उत्पादन सम्बन्धित गतिविधिहरु विस्तार र जोखिम कम होस् ।सामान्यता परम्परागत रुपमा लगाइने कम फाइदाजनक बालीहरु भन्दा बढी फैदाजनक बाली लागाउनमा यसले जोड दिन्छ।प्रायः कम परिमाण उच्च मूल्यका बालीहरू जस्तै मसाले बालीले पनि विविधतामा सहायता गर्दछ। बर्षाको पानीमा निर्भर भू-भागमा खडेरी वा कम बर्षाले निम्त्याउने बाली विफलताको जोखिम न्यूनीकरण गर्न बाली विविधिकरण अपनौनुका  साथै धेरै परिमाणमा बाली लगाईन्छ । स्पष्ट माटोको समस्या देखिने भागमा खेति बाली प्रतिस्थापन तथा परिवर्तन गर्न सकिन्छ । उदाहरणको लागि उच्च पानि  तालिका भएका भागमा तेलहन , दलहन बाली , कापसलाई धन खेतीले प्रतिस्थापन गर्न सकिन्छ ;मध्यम र गहिरो कालो मिट्टी भएका भागमा सोर्घमको साटो भटमास, इत्यादी... 

बाली बिबिधिकरणको उदेश्य भनेको बालीको बिभाग(पोर्टफोलियो)बढाउनु हो ताकी किसानहरुले आयआर्जनको लागि एकल बालीमा निर्भर हुन नपरोस ।कृषि उत्पादनको विविधताले प्राकृतिक जैव विविधता बढाउन सक्छ, कृषि पारिस्थितिक प्रणालीलाई मजबुत बनाउँछ , कुल बाली विफलताको जोखिम न्यूनीकरण गर्नुका साथै उत्पदकहरुलाई बाली उत्पादनबाट आय वृद्धिको वैकल्पिक माध्यम प्रदान गर्छ ।

 

अवयवहरु

कृषि छेत्रमा कृषि कार्यहरु छिटो, सरल, कौशल्तपुर्वक र सहि ढंगले सम्पन्न गर्नका निम्ति प्रयोग गरिने औजारहरु नै कृषि यन्त्र हुन्। संरक्षण कृषिको दिगोपन श्रोतसाधन संरक्षण गर्ने कृषि यन्त्रको कतिसम्म प्रयोग गरिन्क्ष भन्ने कुरामा भर पर्छ।  संरक्षण कृषिमा प्रयोग गरिने केहि औजार यस प्रकार छन् : न्युनतम खनजोतमा प्रयोग गरिने औजारहरु (रिप्पर्स्, सब सोइलर्स्, छिनो हलो), सिधा बीजिंग औजारहरु (रोपण लाठि, ह्यान्ड जेब प्लन्टर्स्, बीउ सह ड्रिल), र कभर फसल र झारपात व्यवस्थापन औजारहरु (ह्यान्ड वेडर, चक्कु रोलर, जम, वाइपर हर्बिसाइड अप्प्लिकेटर्) । यन्त्रहरुको उपयोगबाट माटोको संरक्षण गर्न, माटोको चिस्यान कायम राख्न कृषि “इनपुट” को क्षमतामा सुधार गर्न, लागत खर्च कम गर्न र अन्य धेरै सुधारहरु गर्न सकिन्छ।

बिउ फसल उत्पादनको आधरभूत्, आवश्यक र महत्वपूर्ण “इनपुट” हो । उन्नत बिउ धेरै पक्षहरुमा रैथने जात भन्दा श्रेष्ठ हुन्छ र  यसको धेरै उत्पादन दिन सक्ने आनुवंशिक क्षमताका कारणले गर्दा किसानहरुलाई मनग्गे उत्पादन लिन अवसर प्रदान गर्छ।  सिमित खेतियोग्य जमिनको उत्पादकत्व बढाउने उपायहरुमध्य उन्नत जातको बिउको प्रयोग पनि एक हो । उन्नत जातको बिउमा पर्याप्त  चिस्यान हुनुका साथै यो रोगकिराहरु रहित हुन्छ र यसमा उच्च शक्ती र अंकुरणको क्षमता पनि हुन्छ । राम्रो आम्दनी प्रती एकाइ,उच्च उत्पादन दिने आनुवंशिक क्षमता, न्युन किरा तथा रोगहरुको प्रकोप्, छिटो र समान उद्भव, बृहत अनुकुलत, उच्च इन्पुट उत्तरप्रद  जस्ता गुण्हरुले गर्दा उन्नत बिउलाई दिगो कृषि बिकासको आधारभूत उपकरण भनिएको हो । विभिन्न खोज तथा अनुसन्धानबाट उन्नत बिउको प्रयोगबाट मात्रै पनि उत्पादन २०-२५ प्रतिसत सम्म बढाउन सकिने कुरा पत्ता लागेको छ ।    

बालि विविधिकरण भन्नाले कुनै नयाँ बालि अथवा नयाँ बालि प्रणाली  एउटा विशेष खेतमा थप्नु हो  जसले  गर्दा लगाइएको बालीको मान बढ्न जान्छ भने बजारीकरण को सम्भाव्यता पनि बढ्छ। यसो गर्नाले कम क्षमता भएका किसानले समेत राम्रो आम्दानी लिन सक्ने , मूल्य परिबर्तन थेग्न सक्ने, मौसम को प्रतिकूल असरबाट प्रभावित नहुने, खाद्द्य सम्रक्षण  हुने, गाइबस्तुलाई घास इत्यादी पनि सुबिधा हुने,  वातावरण प्रदुसन कम हुने, कम लागत हुने तथा बालीमा लाग्ने रोग किरा को समेत उचित नियन्त्रण हुने र अन्तत: प्राकृतिक अब्ययको समेत सुरक्षा  हुन्छ। 

यसै गरी बालि चक्र प्रणाली भन्नाले विभिन्न बालि लाई एकै ठाउमा एकै वर्ष भित्र लगाउने अथवा अरू कुनै वर्ष लगाउने प्रक्रिया हो।यसो गर्नाले बालि ले फरक मात्रामा खाद्द्य लिने गर्छ जसले गर्दा माटोमा खाद्द्यको सम्रक्षण हुन्छ । यसै गरी कोसेबाली लगाउने गरेमा माटोको उर्बर शक्ति  बढने  साथै नाइट्रोजन पनि उपलब्ध गराइदिने हुनाले रसायनीक मलको मात्रा पनि कम लाग्छ । बालि चक्र गरेमा विभिन्न रोग तथा किराहरुको जीवन चक्र पनि तोडिन्छ भने तिनीहरुको बास पनि त्यहाँ  हुदैन जस्ले अन्ततः प्रकृति को सुरक्षा  गर्दछ । 

 

महत्व

व्यवस्थित संरक्षणमूलक कृषि प्रणालीमा उत्पदनमा वृद्धि सर्वमान्य छ। चार वर्षसम्म सं.कृषिका सम्पूर्ण सिद्धान्तहरुको अवलम्बनसँगै पूर्वमौसमी खेती गरी अनुसन्धान गर्दा गहुँ, जउँ, मसुरो, बोडि आदिजस्ता बालीहरुमा १२-२०% सम्म उत्पादनमा वृद्धि भएको पाइएको छ। अन्न उत्पादनमा सुधार ल्याउनका लागि सफल र सहज तरीकाले शुन्य खनजोत गरी बाली स्थापना गर्नु नै प्राथमिक पहल हो। पारम्परिक खनजोत तथा मौसमी खेती गर्ने गहुँका किसानहरुभन्दा शुन्य खनजोत र पूर्व मौसमी खेती गर्ने किसानहरुको औसत उत्पादन १६०-४९५ के.जी प्रति हेक्टरले बढि रहेको पाइएको छ। सं. कृ.बाट उपयुक्त मौसम भएको ठाउँदेखि लिएर सुक्खा र सिँचित ठाउँमा पनि उत्पादन वृद्धि अनुभव गर्न सकिन्छ। वर्षाको पानीको घुसपैठ, चिस्यान संरक्षण, पानीको प्रयोग क्षमतामा सुधार तथा माटोको आकार र उर्वराशक्तिको सम्बर्द्धन गर्दै सं. कृ. ले खडेरीको नकरात्मक असर कम गरेर बालीलाई फाइदाजनक उत्पादन दिन सघाउ पुर्याउँछ।

जोताई खर्चको उन्मूलन साथै बिजको आगतको कमीले  बाली  उत्पादनको लागत घट्छ । उत्पादनमा कुनै  वृद्धि बिना पनि (जुन कहिलेकाहीं हुन सक्छ ) संरक्षण कृषिले सामान्यतया लागत घटाउँदछ र यसले मुनाफा बढाउँछ। तर जब  माथि उल्लेखित उत्पादन वृद्धिसंग यो कुरा जोडी हेर्दा , कुल आर्थिक प्रभाव महत्वापूर्ण देखिन्छ। शुन्य खनजोत र चाडै बिउ राख्ने बिधि अपनाएका सिरिया र इराकका गंहू खेति गर्ने किसन हरुमा गरिएको सर्बेक्षणमा उत्पादन लागतमा अनुमानित लगभग $ १०० / हेक्टर  कमी देखिएको थियो र उनीहरुको कुल आय $ ९१८७ / हेक्टर  सम्म बढेको थियो। यदि सिरियाका ८०% गहुँ खेति गर्ने किसानहरुले शुन्य खनजोत खेति बिधि अपनाएको भए(अस्ट्रेलियाका थुप्रे भागहरुमा सामान्य स्तरमा अपनाएको ), प्रति बर्ष २५४ मिलियन अमेरिकी डलर मूल्य बराबर ६३०,००० टन गहुँको अधिक उपदान हुनेथियो । निसन्देह अरु बालिहरुलाई पनि संरक्षण कृषिबाट उत्तिकै लाभ मिल्छ त्यसैगरि  संरक्षणले  मध्य पूर्व र अफ्रिकाका धेरै देशहरुको आर्थिक वृद्धि र खाध्य सुरक्षमा ठुलो प्रभाव पर्न सक्दछ जसले गर्दा त्यहाँका जनसंख्याको जिबिकोपार्जनका लागि आयातमा निर्भरतामा कमि ल्याउँछ। 

माटोको सतह छोपी तथा माटोलाई कम चलाई खेती गर्दा भुक्षय कम हुन जानुका साथै माटो, जल अनि वायुको गुणस्तर वृद्धिमा मदत पुर्याऊँछ। यी नै संरक्षणमूलक कृषिको सिद्धान्तहरु अपनाउनुका फाइदाहरु हुन्। माटो कम खनजोत गरी, बढि भन्दा बढि बालीका अवशेषहरुले छोप्दा हावाको प्रकोप कम हुन गई धूलो उड्ने सम्भावना कम हुन्छ। विशेषगरी कोषेबाली लगाउँदा माटोमा हुने तत्वहरु बढ्नु, माटोको आकार मजबुत हुनुका साथै झारपातको अतिक्रमण, रोगकीराको आक्रमण कम हुन्छ। संरक्षणमूलक कृषिद्वारा माटोको अर्गानिक पदार्थहरु र कार्बनको जब्ती बढ्ने एवम् कार्बन डाइअक्साइड, हरितगृह ग्यासहरुको असर कम हुने अनुमान गरिएको छ। शून्य खनजोतद्वारा पनि जीवाश्म ईन्धनको प्रयोग र हरितगृह ग्यासहरुको उत्सर्जन कम मात्रामा हुन्छ। सिरियामा संरक्षणमूलक कृषिमा गरिएको अनुसन्धानमा कार्बनको जब्ती ०.२७-०.३०मि.ग्रम प्रति हेक्टर प्रति वर्षको हारहारीमा पाइयो। सायद शूरुवाती माटोमा अर्गानिक पदार्थको मात्रा २.३% र कम देखि मध्यम मात्राको बाली उत्पादकत्व हुनाले कार्बनको जब्तीमा त्यति धेरै वृद्धि पाइएको थियो।

वाली उत्पादन विधि

क्र.सं.

दिन

गतिविधि

१.

रोप्नु भन्दा दिन पहिले

ग्लाइफोसेट १ किलो प्रति हेक्टरको दरले छर्ने

२.

 रोप्नु भन्दा १-२ दिन पहिले

पावर टिलर।रोटाभेटरले एक पटक मात्र जोत्नु 150 किलो N-P-K (10-26-26) प्रति हेक्टर, सिचाइ गर्ने,

३.

रोप्ने दिन

18-20 दिनको पुरानो बिउ धान रोप्ने मेसिनमा राखेर रोप्नु

४.

 रोपेको १-२  दिन पछि

पेन्डिमेन्थलिन 1किलो प्रति हेक्टर

५.

रोपेको २०--२२ दिन पछि

बिस्पारिब्क सोडियम @२५ ग्राम प्रति हेक्टर + पाराजोसल्फुरान  @२५ ग्राम प्रति हेक्टर, फेनाजोप्रप @९० मिली लिटर + इथोक्सिसल्फुरान १८ ग्राम प्रति हेक्टर। झार उखेल्ने मेसिनदधरा झार उखेल्ने।    

६.

रोपेको २५-२६ दिन पछि

युरिया ९० किलो प्रति हेक्टरले छर्ने

७.

रोपेको ३० दिन पछि

चिलेट गरीएको जिङ्क १ ग्राम प्रति लिटर घोलेर छर्ने

८.

 

रोपेको  ३५-४० दिन पछि

बिस्पारिब्क सोडियम @२५ ग्राम प्रति हेक्टर + पाराजोसल्फुरान  @२५ ग्राम प्रति हेक्टर, फेनाजोप्रप @९० मिली लिटर + इथोक्सिसल्फुरान १८ ग्राम प्रति हेक्टर। झार उखेल्ने मेसिनद्वारा झार उखेल्ने।    

९.

रोपेको ४५ दिन पछि

युरिया प्रति हेक्टर ६० किलो र पोटास ३७.५ किलो छर्ने

१०.

रोपेको ५०-५५ दिन पछि

चिलेट गरीएको जिङ्क १ ग्राम प्रति लिटर घोलेर छर्ने

क्र.स.

दिन

गतिबिधि

१.

बिउ छर्न भन्दा ६ दिन पहिले

ग्लाइफोसेट १ किलो प्रति हेक्टर (१००मिलि लिटर।टङ्किछर्न

२.

बिउ छर्ने दिन

बहुबाली मेसिनले बिउ छर्ने (बिउ दर २० किलो प्रति हेक्टर)

३.

बिउ छर्ने दिन

बहुबाली मेसिनले नै मल छर्ने @N-P-K (१०-२६-२६)  @ २५६ किलो प्रति हेक्टर, बिउलाई कारबेन्डाजिन ५ किलो प्रति हेक्टरले उपचार गर्ने, फिप्रोनिलकि कण २० किलो प्रति हेक्टेरको दरले मलमा मिसाउने,

४.

छरेको १-२ दिन पछि

एट्राजिन १किलो प्रति हेक्टर। पेन्डिमेन्थलालिन १किलो ए.आइ. प्रति हेक्टर।झार उम्रेपछि टेम्बोट्राअन पनि झर्न सकिन्छ

५.

छरेको २८—३० दिन पछि

२०% बोरन छर्ने

६.

 

छरेको ३०-३५ दिन पछि

सिँचाई गर्ने, युरिया १५० किलो प्रति हेक्टर, युरियालाई छर्नुभन्दा मकैको लाइनसँग समानान्तर हुने गरी ब्यान्डमा छर्ने

७.

बिउ छरेको ३५-४० दिन पछि

टेम्बोट्रीयोन १२० ग्राम ए.आइ. प्रति हेक्टर वा एट्राजिन ०.५ के.जी. ए.आइ. प्रति हेक्टर + टेम्बोट्रीयोन १२० ग्राम ए.आइ. प्रति हेक्टर

८.

बिउ छरेको ५०-५५ दिन पछि

२०% + चिलेटेट जिङक १ ग्राम बोरन प्रति लिटर पानीमा घोलेर झर्ने

९.

बिउ छरेको ६०-६५ दिन पछि

सिचाइ गर्ने, युरिया १५० किलो प्रति हेक्टर छर्ने, पोटास ३७.५ किलो प्रति हेक्टर, युरिया र पोटास छर्नुभन्दा मकैको लाइनसँग समानान्तर हुने गरी ब्यान्डमा छर्ने

१०.

बिउ छरेको ७०-७५ दिन पछि

२०% बोरन + चिलेटेट जिङक १ ग्राम प्रति लिटर पानीमा घोलेर झर्ने

११.

बिउ छरेको ७५-८० दिन पछि

बेला बेलामा सिँचाइ गर्ने माटोको चिस्यान हेरेर

  • झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
  • २ फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
  • प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
  • कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ
  • कहिलेकाहिँ मकैलाई बोरर बाट बचाउनका लागि माटोलाई क्लोरपाइरीफस द्वारा उपचार गरीनुपर्छ

क्र.स.

दिन

गतिबिधी

१.

बिउ छरेको ६ दिन पछि

ग्लाइफोसेट १ किलो प्रति हेक्टरको दरले छर्ने

२.

बिउ छरेको दिन

शुन्य खनजोत गरी छर्ने (बिउदर १२० किलो प्रति हेक्टर)

३.

बिउ छरेको दिन

रासायनिक मल  १८७.५ग्राम प्रति हेक्टर NPK १०-२६-२६ को दरमा छर्ने

४.

बिउ छरेको १-२ दिन पछि

मेन्ट्रीबुजिन ७०% २५० ग्राम प्रति हेक्टर । पेन्डीमेथालिन १ किलो प्रति हेक्टर

५.

बिउ छरेको १५-१८ दिन पछि

सिँचाइसँगै युरिया १३५ किलो प्रति हेक्टर

६.

बिउ छरेको २२-२५ दिन पछि

क्लोनिडिफोप ६० के.जी ए.आइ प्रति हेक्टर (यदि घाँसको चाप बढि भएमा) क्लोडिनाफोर्प प्रोपार्गाइल ९% + मेट्रीबुजिन २०% ६०० ग्राम प्रति हेक्टर

 

७.

बिउ छरेको ३२-३५ दिन पछि

कार्फेन्ट्राजोल इथाइल २० ग्राम ए.आइ प्रति हेक्टर + मेटासल्फ्युरोन मिथाइल @४ ग्राम प्रति हेक्टर

८.

बिउ छरेको ३५-४० दिन पछि

बोरोन २०% @०.२%

९.

बिउ छरेको ४०-४५ दिन पछि

युरीया ९० के.जी र पोटास ३७.५ के.जी हाल्ने बित्तिकै सिँचाइ गर्ने

१०.

बिउ छरेको ५५-६० दिन पछि

बोरोन २०% @०.२%

११.

बिउ छरेको ७५-८० दिन पछि

पूरक सिँचाइ (फूल फुलिसकेपछि, चिस्यानको अवस्थामा भर पर्छ)

  • झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
  • २ फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
  • प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
  • कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ
  • कहिलेकाहिँ गहुँलाई बोरर बाट बचाउनका लागि माटोलाई क्लोरपाइरीफस द्वारा उपचार गरीनुपर्छ

 

क्र.स.

दिन

गतिबिधी

१.

बिउ छरेको ६ दिन पछि

ग्लाइफोसेट १ किलो प्रति हेक्टरको दरले छर्ने

२.

बिउ छरेको दिन

शुन्य खनजोत गरी छर्ने (बिउदर २५-२८ किलो प्रति हेक्टर)

बिउ छरेको दिन

रासायनिक मल  १८७.५ग्राम प्रति हेक्टर NPK १०-२६-२६ को दरमा छर्ने

४.

बिउ छरेको दिन

बिउको उपचार गने राइजिबएम, ट्राइकोडम भिरिडि र

५.

बिउ छरेको दिन

धानको परालहरु काटने, हल्का सिचाइ गर्ने

६.

बिउ छरेको  १-२ दिन पछि

पेन्डिमेन्धालिन १किलो प्रति हेक्टर,इमिजाथेपर १०%@७५० ग्राम प्रति हेक्टर छर्ने

७.

बिउ छरेको २० दिन पछि

बोरोन २०% @०.२%

८.

बिउ छरेको २२-२५ दिन पछि

झोल रसायनिक मल (१९-१९-१९) @ ५

ग्राम प्रति लिटर।दाना मल २% छर्ने, हल्का सिचाइ गर्ने

९.

बिउ छरेको ३५-४०  दिन पछि

बोरोन २०% @०.२%

१०

बिउ छरेको ७०-७५ दिन पछि

समय समयमा माटोको चिसाइ हेरेर सिचाइ गर्ने

  • झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
  • २ फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
  • प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
  • कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ
  • मसुरोको बिउ छर्नको लागि माटोमा चिस्यान हुनुपदर्छ, चिस्यान नभएमा हल्का सिँचाइ गर्ने
  • धानको परालले छोप्ने जसले गर्दा माटोमा चिस्यान रहन्छ, झार पनि आउन पाउदैन
  • इस्टिमफाइलम डढुवा दखिएमा  मेटलएक्जाइल+म्यानकोजेब @ २ % प्रयोग गर्ने
  • माघ- फाल्गुनतिर तापक्रम बढेमा ट्राइफोल्कस्ट्राबिन+ टेबुकोनाजोल @ ३०० किलो प्रति हेक्टर छर्ने

 

क्र.स.

दिन

गतिबिधि

१.

बिउ छर्न भन्दा ६ दिन पहिले

ग्लाइफोसेट १ किलो प्रति हेक्टर। छर्नुभन्दा ३ दिन अगाडि

पेन्डिमिथ्यालिन् ४५मि.लि. प्रति टङ्की

२.

बिउ छर्ने दिन

बहुबाली मेसिनले बिउ छर्ने (बिउ दर २० किलो प्रति हेक्टर)

३.

बिउ छर्ने दिन

बहुबाली मेसिनले नै मल छर्ने @N-P-K (१०-२६-२६)  @ २५६ किलो प्रति हेक्टर, बिउलाई कारबेन्डाजिन ५ किलो प्रति हेक्टरले उपचार गर्ने, फिप्रोनिलकि कण २० किलो प्रति हेक्टेरको दरले मलमा मिसाउने,

४.

बिउ छर्ने दिन

एट्राजिन १किलो प्रति हेक्टर। पेन्डिमेन्थलालिन १किलो ए.आइ. प्रति हेक्टर।झार उम्रेपछि टेम्बोट्राअन पनि झर्न सकिन्छ

५.

छरेको १-२ दिन पछि

२०% बोरन छर्ने

६.

 

छरेको १५-२० दिन पछि

सिँचाई गर्ने, युरिया ९० किलो प्रति हेक्टर

७.

बिउ छरेको २०-२५ दिन पछि

२०% बोरन छर्ने

८.

बिउ छरेको ३५-४०दिन पछि

सिँचाइ गर्ने, युरिया ६० किलो प्रति हेक्टर

९.

बिउ छरेको ३५-४० दिन पछि

२०% बोरन @ ०.२%

१०.

बिउ छरेको ७०-७५ दिन पछि

 बेला बेलामा सिँचाइ गर्ने माटोको चिस्यान हेरेर

  • झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
  • २ फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
  • प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
  • कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ
  • रायोको बिउ छर्नको लागि माटोमा चिस्यान हुनुपदर्छ, चिस्यान नभएमा हल्का सिँचाइ गर्ने
  • धानको परालले छोप्ने जसले गर्दा माटोमा चिस्यान रहन्छ, झार पनि आउन पाउदैन
  • रायोमा सेतो खिया देखिएमा मेटलएक्जाइल+म्यानकोजेब @ ०.२ % प्रयोग गर्ने

क्र.सं.

दिन

गतिविधि

१.

बिउ छर्न ६ दिन पहिले

ग्लाइफोसेट १ किलो प्रति हेक्टरको दरले छर्ने

२.

बिउ छर्ने दिन

शुन्य खनजोत गरेर ७ किलो प्रति हेक्टर छर्ने, भरमिकम्पोसटको मल ६० किलो मिसाउने

३.

बिउ छर्ने दिन

शुन्य खन्जोत ड्रिरिले N-P-k ( १०-२६-२६) @ १५० किलो प्रति हेक्टर,  बिउ ‍कारबेन्डाजिमले उपचार गर्ने @ २-३ ग्राम प्रति किलो बिउ । ट्राइकोडमले ५ ग्राम प्रति किलो बिउ

४.

बिउ छरेको १- दिन पछि

प्रिटिलाकोर @ ०.५ किलो प्रति हेक्टर छर्ने

५.

 बिउ छरेको  १५-२०  दिन पछि

सिचाइ गर्ने, युरिया ९० किलो हेक्टर

६.

बिउ छरेको २०-२५ दिन पछि

 प्रोपाकुइजालोफप ५० ग्राम + इथोक्सिसल्फुरान १८ ग्राम प्रति हेक्टर

बिउ छरेको ३०-३५ दिन पछि

सिँचाई गर्ने, युरिया ६० किलो +पोटास ३० किलो प्रति हेक्टर

बिउ छरेको ४०-४५ दिन पछि

कारबेनडाजिम @ ०.२ % छर्ने

  • झारनाशक छर्कँदा फ्ल्याट फ्यान नोजल प्रयोग
  • फरक फरक झारनाशक मिसाउँदा टङ्कीमा हाल्नुअघि स्टक मिश्रण तयार गर्नुपर्छ
  • प्रोटोकोलमा उल्लेख गरीएको मितिलाई स्थानअनुसार परीवर्तन गर्न सकिन्छ
  • कम्तीमा ५ टन पर्ति हेक्टर पहिलेको बाली अवशेष रहेको हुनुपर्छ

 

 

यान्त्रिक प्रयोग

धान रोप्ने मेसिन हातले चल्ने (हिँड्ने खालको) तथा मेसिनद्वारा चल्ने (गुड्ने खालको) गरी दुवै तरीकाले धान रोप्नका लागि उपयुक्त छ। यो मेसिन धेरथोर सम्म भएको जमिनमा प्रयोग गरीन्छ। धानको बिरुवालाई मानिसद्वारा स्थानान्तरण गर्दा भन्दा धान रोप्ने मेसिन जस्तो मेसिन प्रयोग गर्दा कम समय र मजदुरको आवश्यकता पर्दछ। एक व्यक्तिले प्रत्येक दिनमा धान रोप्न सक्ने क्षमता ७०० वर्ग मि. क्षेत्रलाई यस मेसिनको सहायताबाट १०,००० वर्ग मि. पुर्याउन सकिन्छ।

ह्याप्पी सिडर उत्पादनलाई यथावत् राख्नु वा बढाउनुका साथै वायु प्रदुषण निर्मूल पार्न एवम् खाद्य पदार्थ तथा प्राङ्गारीक कार्बनको नाश हुन नदिनका लागि धानको अवशेषहरुलाई नजलाईकन गहुँको बिउ छर्न प्रयोग गरिन्छ।  यो मेसिन हाते ट्याक्टर, पावर टिलर वा ट्याक्टरको सहायताले चलाउन सकिन्छ। यो विशेषतः धान काटिसकेपछि गहुँ लगाउँदा समयको बचत गर्न र धानको अवशेष व्यवस्थापन गर्नका लागि प्रयोग गरिन्छ।

 

माटोलाई नचलाईकन प्रत्येक वर्ष बिना खनजोत बाली लगाउने तरीका नै शुन्य खनजोत हो जसका लागि जिरो टिल मेसिन प्रयोग गरीन्छ। यस मेसिनमा गहिरो खन्नका लागि ड्रिलका साथै बिउ राख्ने भाँडो पनि छ। हावाको प्रकोप भएको र भुक्षय बढि हुने ठाउँमा शुन्य खनजोत अपनाइन्छ। ३०% जति बालीका अवशेषहरु खेतमै मिसाउनका लागी छाडेर नयाँ बाली लगाउँदा १६% सम्म उत्पादनमा वृद्धि आउने कुरा भारतमा गरीएको अनुसन्धानमा जनाइएको छ।

यो मेसिन विशेष गरी बिउ र मल एकैपटक खेतमा छर्नका लागी प्रयोग गरीन्छ। यस मेसिनको सहायताले बिउ र मललाई एकैपटक तर फरक भाँडोमा राखी फरक गहिराइमा हालिने हुनाले अङ्कुरण बढि प्रभावकारी भएको पाइएको छ। यसो गर्दा बिरुवाको नजिक मल हालिनुका साथै मल खेर जानमा कमी भई बिरुवाले बढि मात्रामा उपयोग गर्दछ। ट्याक्टरद्वारा चलाइने यो मेसिन मकै, गहुँ, जौ, दाल, बोडि, मास इत्यादि बालीका लागि प्रयोग गरीन्छ।

बालीबाट अधिकतम उत्पादन लिनका लागी खेतबाट झार फाल्न अत्यावश्यक हुन्छ। पारम्पारिक तरीकाबाट झार फाल्दा धेरै समय र मनव स्रोत खर्चिनुपर्ने तर फाइदा र उत्पादन भने कम हुने गर्छ। तर यस मेसिनको झार फाल्ने कार्यक्षमता बढि पाइएको छ। वर्तमान परिवेशमा कम समयमा कम मानव स्रोतमा पनि झार फाल्ने थुप्रै मेसिनहरु पाइन्छन्। मेकानिकल विडर अन्नबाली,तरकारी, फलफूल खेतिका लागी प्रयोग गरिन्छ जहाँ ज्यामितिय ढाँचामा खेती गरीएको हुन्छ। हरेक बालीको महत्वपुर्ण झार आउने समय हुन्छ तर यदि झार आउन नदिने हो भने मेकानिकल विडर प्रयोग गर्नुपर्दछ।

अन्नबाली पूर्णतया पाकिसकेपछि कटान गर्नका लागी प्रयोग गरीने मेसिनलाई रीपर भनिन्छ। यसले सामान्य रुपमा बाली काटेर भुइँमा नबाँधिकन राखिदिन्छ। पारम्पारिक तरीकाबाट बाली कटान गर्दा धेरै समय तथा मानवीय स्रोत आवश्यक पर्दथ्यो। यसको सट्टा रीपर प्रयोग गर्दा समय र मजदुर दुवै बचत भई कार्यक्षमता बढ्छ र कृषि कार्य लाभदायक कहलिन्छ।

काटेको बालीलाई खेतमा खस्न नदिकन बाँध्ने हुनाले यो रिपर मेसिन भन्दा फरक छ। रिपर प्रयोग गर्दा थप हातले गर्ने काम बढ्दथो किनभने दाईका लागि बाली बाँधी लग्ने काम हातले नै गर्नपर्दथ्यो। तर यस मेसिनको प्रयोगमा बाली काटीँ दाईका लागी थप मानविय स्रोत चाहिँदैन। तसर्थ यस मेसिनको प्रयोगले उत्पादनका लागि चाहिने खर्च कम गराई नाफा बढाउन मदत पुय्याउँदछ।

विभिन्न बालीहरुलाई कौशलतापूर्वक कटान गर्नका लागी कम्बाइन हार्वेस्टर, वा भनौँ, कम्बाइन भन्ने मेसिन प्रयोग गरीन्छ। यसद्वारा एकै प्रक्रियामा कटान, दाइँ र दानाको सफाइ सबै गर्न सकिन्छ। धान, मकै, जुनेलो, भटमास, आलस, जौ, गहुँ, रायो आदिको कटान गर्ने नै यस मेसिनको उद्देश्य हो। काटिसकेपछि बाँकी रहेको, कम खाद्य पदार्थ उपलब्ध हुने पात र डाँठलाई कि त टुक्रा टुक्रा पारेर खेतमै छितरिन्छ कि गाईवस्तुलाई चारा खुवाउन तथा थरी बिछ्याउन प्रयोग गरीन्छ। यो एक वजनदार मेसिन भएकाले तराईमा मात्र प्रयोग गर्न सम्भव छ। एक कृषकको लागी यो अति नै महँगो पर्दछ।

उपयुक्त प्रविधिहरु

परिचय

DSR एक श्रोत संरक्षण परबिधी हो जसमा बेरना नसारी बिउ लाई सिधै सीड डीलको मदतले मुख्य खेतमा छरिन्छ।  

जग्गाको तयारी  

छरुवा धान पनि हिल्याएर रोपाइँ गरिएको खेतमा त्यसलाई सम्म पारेर गर्न सकिन्छ। यस्ले मटोको चिस्यानलाई जोगाउन, बिरुवालाई राम्ररी उम्रन र राम्रो धान उत्पादनमा मदत पुर्याउछ। सो ठाउँको विशेष कारकहरु हेरेर बीउ लाई संरक्षण जोताइ अथवा शून्य जोताइ प्रक्रियाले गर्न सकिन्छ।

बीउ छर्ने तरिका

बीउ दुई तरिकाले छर्न सकिन्छ : १) चिसो माटो अवस्थामा २) सुक्खा माटो अवस्थामा । यो चाहिँ मौसमको अवस्था र पायक सिंचाइ सुबिधामा भर पर्द्छ। बीउ उम्रने दर त्यसको गुणस्तरमा भर पर्ने भएकाले प्रमाणित बीउ >९५% उम्रने २०-३० किलो प्रति हेक्टर सुझाव गरिएको छ। गहिराई महत्वपुर्ण भएकाले बिउलाइ १-२ से.मि मा छर्नु पर्दछ।  

जातहरुको छनोट

छोटो अवधिका जातहरु जस्तै राधा ४, हर्दिनाथ २, सुक्खा धान १, तारा अग्लो अवस्थामा उपयुक्त हुन्छ। मध्ये र लामो अवधिका धान जस्तै रामधान, सबित्री, लोकतन्त्र, मिथिला, सुक्खा ४ होचो अवस्थामा पनि प्रयोग गर्न सकिन्छ।  

बीउ व्यवस्थापन

बीउलाई १२ घन्टा बोरामा भिजाएर राख्नुलाई  प्राइमिङ भनिन्छ। येस्ले तीब्र गतिमा बीउ उम्रन मदत पुराउछ। त्यस्पछि बिउलाइ ऐर ड्राइ गरेर इन्कुबेट गरिन्छ अनि चिसो माटोमा छरिन्छ। सुक्खा माटोमा छर्नाले पुर्ब उम्रेको बिउको बिकासमा नकारात्मक असर पर्न सक्दछ। राइस् ब्लास्ट, ब्राउन स्पोट, फल्स स्मट आदि जस्ता रोगलाई नियन्त्रण गर्न बिउलाई ढुसीनासक औसधिले व्यवस्थापन गर्न सकिन्छ।  

मलखाद व्यवस्थापन  

छरुवा धान रोप्नी बेला युरिया हाल्नु हुदैन। युरियाको मात्रा ८०-१२० किलो जात अनुसार फरक पर्दछ र त्यसलाई कम्तिमा ३ स्प्लिट डोजमा प्रयोग गरिन्छ। डिएपी ६० के.जि. प्रति हेक्टर, पोटास ६० के.जि. प्रति हेक्टर र जिन्क सल्फेट २५ के.जि. प्रति हेक्टर आवश्यक पर्दछ। डियेपी मल धान रोप्दा बिउसङै सिड डृलको मदतले हाल्नु पर्दछ।  

झारपात व्यवस्थापन  

छरुवा धानमा झारपातको समस्या बढी हुने हुँदा त्यसको व्यवस्थापन गर्न आवश्यक छ। बासी व्याड प्रबिधि वा झारनासक बिसादीको प्रयोग वा हाते/यान्त्रिक गोडमेल गरेर झारपातको व्यवस्थापन गर्न सकिन्छ।

सिंचाई व्यवस्थापन

राम्रो बाली स्थापनाको लागि छरुवा धानलाइ रोपेपछिको पहिलो तीन हप्त भरपर्दो सिंचाइको आवश्यकता पर्दछ। धानमा गाज आउने अवस्थामा र दानामा दूध पस्ने अवस्थामा पानीको कुनै कमि हुनु हुदैन। छरुवा धानका लागि राम्रो निकासको व्यवस्था हुनु निकै आवश्यक छ।

 

नर्सरी व्यवस्थापन

राम्रो उत्पादानकोलागि नर्सरी व्यवस्थापन गर्नु निकै नै आवस्यक छ। नर्सरीका लागि सर्बोत्कृस्ट र सबैभन्दा प्रख्यात जात छान्नु पर्दछ। नर्सरी ब्याडको लागि भरपर्दो सिंचाइको स्रोत भएको, पानीको राम्रो निकास भएको तथा पारिलो ठाँउ छनोट गर्नु पर्दछ।

हिले ब्याडको तयारी

एक एकर धान रोपाइँको लागि आवश्यक स्वस्थ र दरिला बेर्ना उत्पादन गर्न ३००-४०० स्क्वायर मिटर छेत्रफलको ब्याड पर्याप्त हुन्छ। ब्याडको तयारीका लागि पहिला जमिनलाइ राम्ररी जोत्न जरुरी छ। त्यसपछि ब्याड राख्नुभन्दा कम्तिमा २५-३० दिन अघि २ कुइन्टल गोबरमल वा कम्पोस्टमल हालेर जोताइसङै माटोमा मिसाउने अनि जमिनलाइ प्याडी पडलरको मदतले हिलाम्य बनाउने। उक्त जमिनमा १-२ वटा १५ से.मि अग्लो र १ मि. लामो ब्याड बनाउने र त्यस बीच ३० से.मि. निकास च्यानल बनाउने।

बिउको गुणस्तर

सकेसम्म आधिकारिक बिक्रेताबाट उच्च उत्पादकत्व भएको प्रमाणित बीउ वा हाइबृड बीउ किन्नुपर्छ। आफ्नै बीउ प्रयोग गर्ने हो भने बीउ राम्रो उमरासक्ति भएको, सफा, शुद्ध र स्वस्थ हुनुपर्दछ।

बीउ उपचार

छर्नु अघि भाडामा बीउ भिजाएर राम्रोसँग चलाउने र पानीमाथि उब्रेका सबै दानाहरु हटाउने र बाकी दानालाइ मात्र बिउको रुपमा प्रयोग गर्ने। आफ्नो बीउ प्रयोग गरिएको छ भने १.५-२ के.जि नुन प्रति १० लि. पानीमा भिजाउने। छर्नका लागि उम्रेको बिउको प्रयोग गर्नुपर्छ। त्यसका लागि बेभिस्टिन २ ग्रा. प्रति केजि वा साफ ३ ग्रा. प्रति केजी बिउ १ लिटर पानीको दरले बनाइएको घोलमा रातभर भिजाउने अनि जुटको बोरामा राखेर इन्कुबेट गर्ने। टुसाको लम्बाइ ७-८ मि.मि भन्दा धेरै हुनु हुँदैन।

बीउ दर र बीउ छर्ने तरिका

बीउ दर उन्नत जातको लागि १०-१६ केजी प्रति कठ्ठा र हाइबृडको लागि २-६ केजी प्रति कठ्ठा उपयुक्त हुन्छ। उम्रेको बिउलाइ हिलोमा टासिने गरि हल्का बल गरेर सबैतिर फैलने गरि राम्रोसँग छर्ने।

बेर्नाको उमेर

  • लामो अवधि जातहरुका लागि ३०-३५ दिनको बेर्ना
  • सार्नेमध्यम अवधि जातहरका लागि २५-३० दिनको बेर्ना
  • सार्नेछोटो अवधि जातहरुका लागि २०-२५ दिनको बेर्ना
  • सार्नेयदि अवस्था राम्रो छ भने कलिलो बेर्ना रोप्न सकिन्छ।
  • डुबानको समस्या भएको ठाउँमा अलि छिप्पिएको बेर्ना प्रयोग गर्नु पर्दछ।

मलखाद व्यवस्थापन

बीउ छर्नु भन्दा पहिले ४ केजी , २.४ केजी पोटास र १ केजी जिन्क सल्फेट माटोमा मिसाउने। बीउ छरेको १३-१५ दिनपछि २.८ केजी युरिया छर्ने। यदि आइरनको कमि देखापरेमा ०.५% फेरस सल्फेट प्रयोग गर्न सकिन्छ।

झारपात नियन्त्रण

झारपात नियन्त्रणका लागि सोफित ६० ग्रा प्रति कठ्ठाको दरले ५-६ केजी बालुवामा मिसाइ छरेको १-३ दिन भित्रमा ब्यडमा पानी जमेको अवस्थामा छर्नुपर्दछ।

सिंचाइ

कलिलो बेर्नालाइ दिउँसोको चर्को घामबाट बचाउन नर्सरीमा दिउसोपख पानी जम्न दिनुहुँदैन । त्य्सैले सिचाइ हल्का रुपमा बेलुकापख गर्नुपर्दछ।

 

रोग व्यवस्थापन

१. मरुवा रोग:  rice blast

यो रोग फंगसद्वारा हुने गर्दछ । यो रोगको जिबाणुलाइ पाईरिकुलारिया ओराइजी भानिन्छ । यो रोगको लक्षणहरुहरुमा सर्वप्रथम पातमा, आखलामा, बालाका अंगहरु वा दानाहरुमा दूबैतिर चुच्चोपरेको थोप्लाहरू देखिन्छन । यो रोगले उग्ररूप लिएको खंडमा पातमा डढेको जस्तो देखिन्छन । यदि यो रोगको आक्रमण आख्लामा भएको छ भने सजिलै संग बाला भाचिन्छ, जसलाई घाटिको मरुवा (Neck Blast) भानिन्छ ।

ब्यबस्थापन प्रणालिहरू:

  • रोग अबरोधक जातको धान  सी.एच. ४५, आई .आर. ८,२०,२२,२६, र जानकी ,पोखरेली मसिनो आदि लगाउनेसंतुलित  मल प्रयोग गर्ने
  • सिफारिस भन्दा धेरै नाइट्रोजन प्रयोग नगर्ने
  • रोगमुक्त खेतको मात्र बिऊ प्रयोग गर्ने रोग लागेको बिरुवाको पराल , ठुटा ,ठुटी जलाई दिने जसले गर्दा जीवाणुका स्रोतहरू कम गर्न सकिन्छ
  • ब्याडमा, बाला लाग्ने बेलामा रोगनासक औसधि जस्तै हिनोसान ५० ई.सी. को १.५ एम.एल वा बेभिस्टिन ५० WP ३ ग्राम वा डाइथेनएम-४५, ३ ग्राम प्रति लीटर पानीको दरमा मिलाई स्प्रे गर्नु पर्छ

२. खैरो थोप्ले रोग : spot

यो रोगको जीवाणुलाइ हेल्मिन्थोस्पोरियम ओराइजी भानिन्छ । यो रोगको लक्षणहरुमा पातमा , दानामा र अन्य हरियो भागमा खैरा थोप्लाहरू हुन्छन्। सुरुमा थोप्लाहरू अंडाकार हुन्छन् । थोप्लाको बिचमा फुस्रो खरानी रंग र चारैतिर हल्का पहेंलो किनाराले घेरिएको हुन्छ ।

ब्यबस्थापन प्रणालिहरू:

  • अवरोधक जात प्रयोग गर्ने
  • संतुलित मात्रामा मल प्रयोग गर्ने
  • तातो पानी वा रोगनासक औसधिले बिऊ उपचार गर्ने
  • सिरेसन वा बेभिस्टिन ३ ग्राम प्रति किलो ग्राम बिउको दरमा उपचार गर्ने
  • स्वस्थ धान खेतको बिऊ प्रयोग गर्ने
  •  प्रांगारिक मल तथा कम्पोस्ट मल हाली माटोको अवस्था सुधार्ने

३. पातमा लाग्ने डढूवा:  BLB

यो रोग ब्याक्टेरियाद्वारा हुने गर्दछ । यो रोगको जीवाणुलाइ ज्यान्थोमोनस क्याम्पेस्टेरिस भानिन्छ । यो रोगको लक्षणहरुमा पातको किनारामा भिजेको जस्तो दाग देखिन्छ । दाग बढ्दै गएपछि किनारा पहेंलो वा हल्का खैरो हुन्छ । कलिलो बोटमा लागेका, बिरुवा ओइलाई मर्दछ, जसलाई क्रेसेकु भानिन्छ ।

ब्यबस्थापन प्रणालिहरू:

  • रोग अबरोधक जातको धान लगाउने  सी.एच. ४५, आई .आर. ८,२०,२२,२६, र जानकी ,पोखरेली मसिनो आदि
  • सिचाईको पानी रोग लागेको खेतबाट रोग नभएको ठाउमा जान नदीने रोग लागेको पराल, ठुटाहरु जलाईदिने
  • सेरेसन बिसादिले बिऊ उपचार गर्ने बिरुवाहरूलाइ घाऊ, चोट हुन बाट बचाउनेबेर्नाहरू हिले ब्याडमा नउमारी धुले ब्याडमा उमार्ने
  • रोग मुक्त खेतबाट मात्र बिऊ संकलन गरी प्रयोगमा ल्याउने

४. कालो पोके रोग false smut of rice

यो रोग लागेको धानको बालामा ढुसीको जिवाणुहरूको पोको बन्दछ । यो पोको बाहिरबाट हरियो  र भित्र पहेंलो वा सुन्तला रंगको हुन्छ । पछि गएर यो पोको कालो रंगमा परिणत हुन्छ ।

ब्यबस्थापन प्रणालिहरू:

  • रोगमुक्त बिउहरुको प्रयोग गर्ने
  • धानको बालामा आक्रमण भएका कालो पोकाहरू पोलीथिन ब्यागमा जम्मा गरी जलाई दिने
  • धानको बाला निस्कनु अघि ३ ग्राम बेभिस्टिन प्रति लीटर पानीको दरमा मिलाई स्प्रे गरी दिने
  • अत्यधिक मात्रामा नाइट्रोजनयुक्त मल प्रयोग नगर्ने  

. मकैको पातमा लाग्ने डढूवा:  helminthosporium

पातमा ठूला लाम्चिला आखा आकारका खैरा दागहरू देखा पर्छ्न । पछि ती थोप्लाहरू एक आपसमा जोड़ीई पात सुकाइदिन्छन ।

ब्यबस्थापन प्रणालिहरू:

  • स्वस्थ बिऊ प्रयोग गर्ने
  • बेभिस्टिन दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने

२. घोगा कुहिने रोग aspergillosis

घोगाको टुपोबाट रातो वा गुलाफी भई कुहिन थाल्छ । कुनै बेला घोगाको फेदबाट पनी कुहिने गर्दछ । रोग लागेका दानाहरू कपास जस्तो सेतो ढुसी देखा पर्छन ।

ब्यबस्थापन प्रणालिहरू:

  • रोग अवरोधक जातहरु जस्तै गणेश -२ , मनकामना -१ लगाउने
  • बेभिस्टिन दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
  • स्वस्थ बिऊ प्रयोग गर्ने

३. मकैको कालो पोके  maiz

घोगामा दानाको सट्टा कालो जीवाणुको धुलोले भरिएको हुन्छ । यो रोग खासगरी Ustilago maydis भन्ने जीवाणुद्वारा हुन्छ । यो जीवाणुले डाठ, पात , घोगा , तथा धान सबैमा आक्रमण गर्दछ ।

ब्यबस्थापन प्रणालिहरू:

  • स्वस्थ बिऊ प्रयोग गर्ने
  • बेभिस्टिन दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
  • बारीमा कालो पोके रोग देख्ने बित्तिकै नस्ट गर्ने

४. डाठ कुहिने रोग stalk rot

जमीन भन्दा माथी डाठको दोस्रो आख्ला नजिकैको भित्री भागको गुदीको रंग बदलिन्छ र डाठ कुहिना गई बोट ढलदछ । यो रोग नियंत्रण गर्नको लागी उन्नत बिउको प्रयोग , बारीको सरसफाई, संतुलित रुपमा मल्खादको प्रयोग गर्नु हो ।

ब्यबस्थापन प्रणालिहरू:

  • संतुलित मात्रामा मल प्रयोग गर्ने
  • रोगको जीवाणु गवारोबाट सरने हुदा उक्त गवारो नियंत्रण गर्ने कार्बोफुरान बिसादी प्रयोग गर्ने

५. डाउनी मिल्डयु DM of maize

पातहरु पहेलिएर सानो हुने र पातमा धर्साहरू देखिन्न । यो रोग लागेपछि बोट बढ़न सक्दैन । पातहरुमा धर्साहरू देखा परछन |पातहरु साघुरिएको र ठाडो परेको हुन्छ । 

ब्यबस्थापन प्रणालिहरू:

  • स्वस्थ बिऊ प्रयोग गर्ने
  • रोग अवरोधक जातहरु जस्तै रामपुर कम्पोजिट , सर्लाही सेतो लगाउने​​

१. डढूवा रोग tan spot

साना खैरो रंगका थोप्लाहरू पातमा देखिन्छन । पछि ती थोप्लाहरू बढ़छन र एकआपसमा जोड़ीई पात सुकेको वा डढेको जस्तो देखिन्छ ।

ब्यबस्थापन प्रणालिहरू:

  • भाइटाभेक्स २००, दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
  • पोटास मल प्रयोग गर्ने ठीक समयमा गहुँ छर्ने
  • रोग अवरोधक जातहरु लगाउने

२. खैरो सिन्दुरे brown rust

पातको माथिल्लो सतहमा सुन्तला रंगका फोकाहरू देखिन  थाल्छ्न । ती फोकाहरू छुट्टाछुट्टै रहेका हुन्छन् ।

ब्यबस्थापन प्रणालिहरू:

  • रोग अवरोधक जातहरू लगाउने
  • सिफारिस गरिए अनुसार मलखाद्को प्रयोग गर्ने र ठीक समयमा गहुँ छर्ने
  • भाइटाभेक्स २००, दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने

३. पहेलो सिन्दुरे  yellow rust

पातको माथिल्लो सतहमा पहेला लाम्चिला फोकाहरू एक अर्कासंग मिली धर्सा परेर रहेका हुन्छन् ।

ब्यबस्थापन प्रणालिहरू:

  • रोग अवरोधक जातहरु जस्तै डब्लू. के,१२०४ लगाउने
  • ठीक समयमा गहुँ छर्ने
  • सिफारिस गरिए अनुसार मलखाद्को प्रयोग गर्ने

४. कालोपोके smut

बालामा दाना लाग्नुको साटो कालो ढुसीको बिजाणुले भरिएको हुन्छ

ब्यबस्थापन प्रणालिहरू:

  • रोगमुक्त बिउहरुको प्रयोग गर्ने
  • भाइटाभेक्स २००, दुई ग्राम प्रति किलोका दरले उपचार गर्ने
  • रोग लागेको बालाबाट धुलो नझर्दै उखेलेर खाल्डोमा गाड़ने अथवा जलाई दिने
  • अन्नपूर्ण ४ जातको गहुँमा यो रोग कम लाग्ने हुदा यो जात नलगाउने

१. इस्टेम्फिलिअम डडुवा रोग  स्तेम्फ्य्लियम

यो  रोग हाम्रो देशमा बिगत २-३ वर्ष देखि अत्तिनै गम्भीर  समस्याको रूपमा देखिएको छ। यो एउटा ढुसी Stemphylium botryosum f. sp. lentis ले गर्दा हुन्छ। सुरु मा यो रोग सामान्य कालो सानो थोप्लो जस्तो देखियपानी यो चाडै नै फैलिएर पुरै पात तथा फूल र डाठ, कोशा  कालो हुन पुग्छ। यो रोग व्यापक रूपमा फैलिएमा पुरै बोट नै मर्न सक्छ।

रोगको व्यवस्थापन 

  • रोग प्रतिरोधात्मक जात लगाउने ।
  • इप्रोडाइन र डैथेन म-४५ जसढुसिनासक प्रयोग गर्ने ।
  • कम समयंत्र जनसंख्या मा खेति गर्ने तथा पानीको निकास गर्ने । 

किरा व्यवस्थापन

१. फड्के किरा  फड्के किरा

यी किराहरु खैरा हरिया पिठ्युँ भएका हुन्छन्। यस्ता किराहरु फुत्त फुत्त उफ्रिने खालका हुन्छन् । यी किराहरुले करिब १२४ वटा अन्डाका थुप्राहरु बनाउँछ र हरेक थुप्रोमा २-११वटा अन्डाहरु हुन्छन्।अन्डा लाम्चो हुन्छ र त्यस्मा २वटा कालो थोप्लो पनि हुन्छ।

क्षतिको लक्षण

यसले पात चुसेर खान्छ जसको कारणले धानको बिरुवा सुकेर मर्दछन्। बिरुवाहरु गाँजिन र बढ्न सक्दैनन् । धानको बोटमा वाला नलागी पराल जस्तो भई सुकेर ढल्छ।

ब्यब्स्थापन विधि

  • धानको जात छनोट गर्दा छिटो पाक्ने धान छनोट गरि धान छिटो लगाउने (छिटो लगाए छिटो पाक्ने धानमा फद्के किराको प्रकोप कम भएको पाईएको छ।)
  • बिरुवा नजिक नरोप्ने र प्रति गाँजमा २-३ भन्दा बढी बेर्ना नरोप्ने।
  • नाईट्रोजेनयुक्त मलखादको उचित प्रयोग गर्ने
  • खेतको पानीको सतह बढाउने र घटाउने
  • धान खेतको पर्यावरणमा मित्रजिवको संख्या बढाउने र संख्या अत्यन्त कम छ भने अन्तिम विकल्पको रूपमा रसायनिक मलको प्रयोग गर्ने (१२५-१५० मिलि इमिडाक्लोरोपिड १७.८ एस एल , १.५ लि क्युनालफोस २५ इसि अथवा 1.25-1.5 लि क्लोरोपाइरिफोस २० इसि ५००-१००० लि पानीमा घोलेर १ हेक्टर म छर्ने)

२. गवारो  धान को गबारो

यि किराहरु वयस्क अवस्थामा विभिन्न आकारका पुतली जस्ता देखिन्छन् । भाले जाती भन्द पोथी थोरै ठुलो हुन्छ र पखेटामा भएको कालो धब्बाले पोथी जाती जनाउँछ । यसका फुलहरु खैरा मसिना झुसहरुले ढाकिएका हुन्छन् ।

क्षतिको लक्षण

विरुवाको कलिलो अवस्थामा क्षति पुराएको खन्डमा मृत गावा देखिन्छन्। यदि फूल फुल्ने अवस्थामा आक्रमण भएमा सेतो वाला देखिन्छन् (यस्तो अवस्थामा  वालामा दाना लाग्दैन )।

व्यवस्थापन विधि

  • धान काटि सकेपछि बाँकि रहेका ठुटा नस्ट गरिनुपर्छ अथवा ठुटा डुब्ने गरि पानी पटाउने या धान काटिसके पछि खेत जोतिदिने
  • बेर्नाको पातको टुप्पोमा देखिएक फुलहरुलाई पात चुँडेर नस्ट गर्ने
  • प्रकाश पासोको माध्यम बाट किराहरु नस्ट गर्ने
  • धान खेतको आलिमा भटमास लगाउने
  • माकुर , लामा सिङ्गे फटयांग्रो को संरक्षन गर्ने
  • अन्त्यमा बल्ल बिषादि प्रयोग गर्ने

३. धानको पतेरो गन्धी किरा (पतेरो )

त्रिकोण आकारको टाउको भएको यो किरा लामो खुट्टा भएको अनि समात्दा नराम्रो गन्ध छोडने खालका हुन्छन् । यो वयस्क अवस्थामा खैरोमा हरियो मिसिएको हुन्छ।

क्षतिको लक्षण

पातमा बढि आक्रमण भएमा वोटनै पहेलिने हुन्छ। यसले धानको दाना बाट रस चुस्ने भएकाले दानामा खैरो दाग देकिन्छ र खालि पैयाहरु मात्र हुन्छ।

व्यवस्थापन विधि

  • खेत वरिपरि झारहरु गोड्ने
  • गाईवस्तुको ताजा पिसाबमा जुटको बोरा भिजाएर खेतको बिचमा झुन्डाईदिने यसमा किराहरु आकर्षित हुन्छन्
  • प्रकाश पासोको प्रयोग गर्ने
  • एकै समएमा पाक्ने जातको बाली लगाउने
  • अन्त्यमा रसायनिक बिषादि प्रयोग गर्ने (२किलो कर्बाराईल ५०% डब्ल्यु पि ५००-१००० लि पानिमा घोलेर १ हेक्टरमा छर्ने)

४. पात बेरुवा  धान को पात बेरुआ किरा

यो वयस्क अवस्थामा हल्का खैरो रङको हुन्छ। पखेटामा दुईवटा वाङ्गा-टिङ्गा धर्काहरु हुन्छन् । लार्भा अवस्थामा यो हरियो रङको हुन्छ।

क्षतिको लक्षण

पातलाई बेरेर हरियो पदार्थ खाईदिन्छ र पात सुक्दछ। पातमा जालि जस्तो देखिन्छ । पातमा ढुँसि र अन्य घाउ देखिन्छ।

व्यवस्थापन विधि

  • बालिमा छायाँ पर्न दिनु हुँदैन
  • स्वस्थ वेर्ना प्रयोग गर्ने
  • नाईट्रोजनयुक्त विषादीको कम प्रयोग गर्ने र उपयुक्त दुरिमा बिरुवा लगाउने
  • प्रकोप बढि भएमा वि.टि नामक जैविक विषादि १.५ मि.लि प्रति लिटर पानिमा मिसाई
  • खेतमा छर्कने
  • अन्तिम विकल्पको रुपमा बजारमा सजिलैसँग उपलब्ध हुने सम्पर्क विषादि क्लोरोपाईरिफस २० प्र. इसि १.२५ मिलि प्रति लि छर्ने

१. मकैको धर्के गोबारो ( Maize Stem/Shoot Borer - Chilo Partellus) मकैको गबारो

यो कीरा  पहेंलो खैरो रंगको  र पराल पंखेटा  रंगको हुन्छ । यसका अघिल्ला पखेंटाहरुमा खैरो रङ्ंको बिन्दुहरु र पछिल्ला पखेंटाहरुमा मसिनो रौँका झ्ल्लर हुन्छ ।

छिपेको बोटमा एकैनासका प्वालहरु देखिन्छ्न ।कालीला बोटमा गोबारो देखिन्छ । बिष्टाहरु सहितको मकैको बिग्रेको घोंगा देखिन्छ ।

व्यवस्थापन:

  • खेतमा रहेका ठुट, झारपात तथा गोबारो बाँच्न सक्ने अरू बोटहरु नष्ट पार्ने
  • गोबारोको लक्ष्यण देखापरेको मकैहरु नस्ट पार्ने: साना प्वाल देखपरेका पात तथा मकैका बोटलाई टिपेर नष्ट पर्ने
  • ट्राइकोग्रामाको प्रती हेक्टर १ लाखको दरमा प्रयोग गर्ने
  • दाललाई अन्तर-फसलको रूपमा  प्रयोग गर्ने
  • तल्लो पातलाई (चौथो) हटाउने
  • विषादीको प्रयोग:  
    • कारबोफ्युरान ३जी  ३३ किलो प्रती हेक्टरको दरमा बिऊ रोप्नुअघी वा पछी प्रयोग गर्ने
    • १५ किलो फिप्रोनिल प्रयोग गर्ने
    • फेन्वलरेट २० इसी ३७५ मिली प्रती हेक्टर , साइपरमेथृन १० इसी ६५० मिली प्रती हेक्टर २५०-५०० लिटर पानीमा मिसाएर पातमा छर्ने

२. मकैको लाही (Corn Leaf Aphid- Rhopalosiphum maydis मकैको लाही किरा

गहुँ , जौँमा पनि लाग्ने गर्छ । यो पहेलो हरीयो रङको हुन्क्स, शिशुभने हल्का सानो आकारको र फिक्का हरियो रङको हुन्छ । बोट अबिकसित्, टाटेपाटे पातहरु हुन्छ । पातमा मधुरसपनी भेटिइन्छ ।

व्यवस्थापन:

  • एफिलिनेस बारुलाको प्रयोग गर्ने
  • नर्सरीबाट स्वस्थ बिरुवाको मात्र प्रयोग गर्ने
  • १५ मिली प्रती लिटर पानीमा तेलको  प्रयोग गर्ने
  • जरालाई म्यालाथन, सुर्तीको धुलो
  • विषादीको प्रयोग: 
    • कारबोफ्युरान ३जी १५ ग्रामप्रती बोटको दरमा बिऊ रोप्नुअघी वा पछी प्रयोग गर्ने

३. फौजीकिरा (Army worm- Mythimna separate फौजी किरा

पुतली खैरोदेखी कालो रङको हुन्छ भने यसका लाभ्रे फिक्क हरियो, सेतो रङको र धेरै खाने प्रकारको हुन्छ। यस्ले पुर्णतया नाङिएका बोटहरु र काटिएका घोगाहरु हुन्छ ।

व्यवस्थापन:

  • ठुला किरलाई टिपेर फल्ने
  • खेतमा रहेका ठुट, झारपात बोटहरु नष्ट पार्ने
  • फसल काटीसकेपछी कुटो, कोदालो, बाढी, बाँझो खेत राख्ने इत्यादी जस्ता कार्य गर्न सकिन्छ
  • विषादीको प्रयोग: 
    • खेत वरिपरी खाल्डो खानेर म्यालाथन ५% ; क्लोरोपाइरिफोस १ .५% छर्ने
    • डाइक्लोरोभोस ८५ एस एल ५०० मिली प्रती हेक्टर ; ३ किलो प्रती हेक्टरको दरमा कारबेरिल ५० डब्लु पी; कुइनाल्फोस २५ इसी ५००लिटर पानीमा मिसाएर  प्रयोग गर्ने

४.   मकैको झिंगा  (Maize Stem Fly- Atherigona orientalis)  मकैको झिंगा

यि झिङा सानो खरानी रङका हुन्छ्न् । यसका लभ्रे साअन, हल्का पहेंलो रङको हुन्छ । यस्ले गर्दा गोबाहरु मर्ने गर्छन् ।साना बोटहरु सुक्ने र मर्ने गर्छन् ।

व्यवस्थापन:

  • फसल काटीसकेपछी कुटो, कोदालो, बाढी, बाँझो खेत राख्ने इत्यादी जस्ता कार्य गर्न सकिन्छ
  • खेतमा रहेका ठुट, झारपात बोटहरु नष्ट पार्ने
  • विषादीको प्रयोग: 
    • बिऊमा इमिडाक्लोप्रीड ७० डब्लु एस १० ग्रामप्रती किलो प्रती हेक्टरको दरमा प्रयोग गर्ने
    • डैमेथोएट ३०% ११५५ मिली प्रती हेक्टर
    • कारबोफ्युरान ३% सि जि ३३.३ किलो प्रती हेक्टरको दरमा
    • फोरेट १०% सि जि १० किलो प्रती हेक्टरको दरमा  प्रयोग गर्ने

5.  Wireworms- Agriotes Spp.  वाएर वोर्म

यि तारजस्तो आकारको र खण्ड छुटिएको हुन्छ । बयशक खपटे दुई खण्ड छुटिएको हुन्छ । यसले बिउ उर्वराशक्ती घटाउछ । यसले मकैको जरा र अन्य कमलो भाग खाइदिन्छ ।

व्यवस्थापन:

  • फसल रोटेशन गर्न अल्फा अल्फा वा बन्दाकाउली प्रयोग गर्ने
  • मकैलाई किरा आकर्शित गरी गहुँ बचाउन प्रयोग गर्ने
  • फसल काटीसकेपछी कुटो, कोदालो, बाढी, बाँझो खेत राख्ने इत्यादी जस्ता कार्य गर्न सकिन्छ
  • ट्राइकोग्रामाको प्रती हेक्टर  १ लाखको दरमा प्रयोग गर्ने
  • झारपात तथा लभ्रे बाँच्न सक्ने अरू बोटहरु नष्ट पार्ने

१. गुलाबी डाँठ कटुवा (Pink borer- Sesamia inferens  गुलाबी डाठ गबारो

लभ्रे गूलबी रङ्को हुन्छ । पुतली पराल रङ्को सानो, नत्र प्रकर्को हुन्छ । यस्ले फुल पात वा माटोमा पार्छ । कालीलो गहुँको बोटहरु मर्ने र दाअन न लाग्ने गर्छ ।

व्यवस्थापन:

  • सतहा मुनिका बोत बिरुवाका भागहरुमा चोट पटक लाग्न नदिने  
  • बी. टि. को ३ ग्राम प्रती लिटरको दरमा प्रयोग गर्ने
  • ट्राइकोग्रामाको प्रती हेक्टर  ५० हजार देखी १ लाखको दरमा प्रयोग गर्ने
  • फसल काटीसकेपछी कुटो, कोदालो, बाढी, बाँझो खेत राख्ने इत्यादी जस्ता कार्य गर्न सकिन्छ
  • विषादीको प्रयोग:  
    • ५% भन्दाबढी बोट्मरेको अवस्ठामा ८७५मिली ट्राइएजोफोसको ४० इसी
    • १ .२५-२ .५ लिटर क्लोरोपाइरिफोस २०इसी ५००-१००० लिटर पानीमा मिसाएर  प्रयोग गर्ने

२. धमिरो (Termites-  Odonotermus obesus/Microtermes obesus धमिरो

धमिरोको शरिर सेतो, कालीलो हुन्छ । शिर भने फिक्का खैरो रङको हुन्छ । मातो मुनिको मूल जरा खाइदिने हुँदा जरा बुच्चो देखिन्छ । डाँठहरुमा सुरुङ र ओइलिएका बोठरु देखिन्छ्न्।

व्यवस्थापन:

  • धमिरोको गोल पत्ता लगाएर नष्ट पार्ने
  • सतहा मुनिका बोत बिरुवाका भागहरुमा चोट पटक लाग्न नदिने  
  • विषादीको प्रयोग:  
      • बिऊको उपचार क्लोरोपाइरिफोस ६मिली प्रती किलो बिऊको दरमा प्रयोग गर्ने
      • माटोको उपचार क्लोरोपाइरिफोस ५० इसी १०मिली प्रती लिटरको  दरमा बिऊ रोप्नुअघी प्रयोग गर्ने
      • धेरै धमिर भएमा बिऊ रोप्नुअघी  १०जी क्लोरोपाइरिफोस १ किलो प्रती हेक्टर प्रयोग गर्ने
      • मट्टितेलको प्रयोग गर्ने

३. Wireworms- Agriotes Spp.  वाएर्वोर्म

यि तारजस्तो आकारको र खण्ड छुटिएको हुन्छ । बयशक खपटे दुई खण्ड छुटिएको हुन्छ ।  यसले बिउ उर्वराशक्ती घटाउछ । यसले मकै को जरा र अन्य कमलो भाग खाइदिन्छ ।

व्यवस्थापन:

  • फसल रोटेशन गर्न अल्फा अल्फा वा बन्दाकाउली प्रयोग गर्ने
  • मकैलाई किरा आकर्शित गरी गहुँ बचाउन प्रयोग गर्ने
  • ट्राइकोग्रामाको प्रती हेक्टर  १ लाखको दरमा प्रयोग गर्ने
  • झारपात तथा लभ्रे बाँच्न सक्ने अरू बोटहरु नष्ट पार्ने

४. फौजीकिरा (Army worm- Mythimna separate)  फौजिकिरा

पुतली खैरोदेखी कालो रङको हुन्छ भने यसका लाभ्रे फिक्क हरियो, सेतो रङको र धेरै खाने प्रकारको हुन्छ । यस्ले पुर्णतया नाङिएका बोटहरु र काटिएका घोगाहरु हुन्छ ।

व्यवस्थापन:

  • ठुला कीरालाई टिपेर फाल्ने
  • खेतमा रहेका ठुट, झारपात बोटहरु नष्ट पार्ने
  • फसल काटीसकेपछी कुटो, कोदालो, बाढी, बाँझो खेत राख्ने इत्यादी जस्ता कार्य गर्न सकिन्छ
  • विषादीको प्रयोग:
      • खेत वरिपरी खाल्डो खानेर म्यालाथन ५% ; क्लोरोपाइरिफोस १ .५% छर्ने
      • डाइक्लोरोभोस ८५ एस एल ५०० मिली प्रती हेक्टर ; ३ किलो प्रती हेक्टरको दरमा कारबेरिल ५० डब्लु पी; कुइनाल्फोस २५ इसी ५००लिटर पानीमा मिसाएर  प्रयोग गर्ने

 

१) कोसामा लाग्ने गवारो  Helicoverpa armigera hunber  हेलिकोभर्पा

वयस्क  पुतली हल्का पहेलो रङको  हुन्छ भने लार्भाको शरीरमा बिभिन्न रङका धर्सा हरु हुन्छन ।

क्षतिको लक्षण:

लार्भाले पातहरु कोतारेर खान्छ अनि फल र फुलतिर सर्न थाल्छ ।कोसामा प्वालहरु देखिन्छ । लार्भाले आधा शरीर कोसाभित्र पसालेर खाको प्रष्ठ देखिन्छ ।

ब्यबस्थापन बीधी:

  • किरा यौनजन्य आकर्षण पदार्थ helilure प्रयोग गरेर  भाले पुतलीलाई समात्न सकिन्छ ।
  • न्यूक्लिइयर पोलिहेद्रोसिस् भाइरस हेली (एन. पी. भी.) को १०० एल. ई को मी. ली. वा २०० एल्. ई. को ०.५  मी. ली.  प्रती लिटर पानीमा मिसाएर बनाएको झोल बेलुकिपख छर्ने छर्दा २-३ थोपा मीसाई दीमा प्रभावकारी हुन्छ ।
  • Emamectin Benzoate 5 % SG (king star,N-star) ०.५ मी।ली। प्रती लीटर पानीमा वा Indoxacarb 15।8% EC (Avaunt) 0.7 मी.ली. प्रती लीटर पानीका दरले बनाएको झोल छर्ने ।

२) मसुरोको लाही Aphis craccivora koch  मुसुरोको लाही

लाही मसुरोको एउटा हानिकारक किरा हो । वयस्क लाही गाडा रङको हुन्छ, पखेटा भने सेतो रङको तर पखेटाको टुप्पो कालो हुन्छ ।

क्षतिको लक्षण :

लाही सानो किरा हो जसले विरुवाको रस चुसेर खान्छ ।बोट रोगाऊने, बड्न नसक्ने, पहेलो हुने हुन्छ ।

ब्यबस्थापन बीधी:

  • नीमको  तेल ३000ppm @ २ml/L  को दरले छर्ने ।
  • विरुवा छर्ने बेलामा dimethoate ३0% EC (४00 g a.i )@ 0.८१/हेक्टर छर्ने ।

३) फौजी किरा Armyworm (spodoptera exigua hubner )  फौजिकिरा

वयस्क पुतली  खैरो रङको हुन्छ । अगाडी र पछाडीको  पखेटा हल्का पार्दर्सी हुन्छ र पखेटाको छेउ गाडा हुन्छ ।

क्षतिको लक्षण:

लार्भा पातमा निर्भर हुन्छ र धेरै असर भएको खण्डमा पातहरु खस्छ ।  फौजी किराले आर्थिक घाटा गराउछ ।

 ब्यबस्थापन बीधी:

  • लार्भा समातेर नास गर्ने,
  • ५०० मी.ली. लीटर् Dichlorovous ८५ SL कि ३ के.जी. Carbaryl ५०WP कि  १ लीटर Quinalphos २५EC ५०० लीटर पानीमा मिसाएर १ हेक्टर जमिनमा छर्ने

४ ) फेद कट्ने किरा/ cutworm (Agrotis ipsilon hubnagel)  फेद कटुवा किरा

वयस्क किरा ठुलो र खैरो  रङको हुन्छ । अगाडीको पखेटा हल्का खैरो रङको हुन्छ भने पछाडिको क्रीमी सेतो हुन्छ र यसमा खैरो सिमाना हुन्छ।

क्षतीको लक्षण:

अन्तिम चरणमा पुगेको लार्भाले विरुवाको फेद  काट्छ  । कुनै जातका किरा माटोमा जानु अघी पातलाई नष्ट पार्छ ।

ब्यबस्थापन बीधी:

  • पानी धेरै भएको जमिनमा यो किरा बाँच्न सक्दैन, त्यसैले सिचाई गरिराख्नु पर्दछ,
  • विरुवाको बिचमा गहिरो खनजोत गर्ने, 
  • लार्भालाई हातले खोजेर फाल्ने,
  • २ ग्राम Bacillus thuringiensis १ के.जी. गहुको ब्रानमा मिसाएर १ हेक्टरमा १० के .जी. का दरले छर्ने ।